Thursday, September 17
Shadow

ताजा-अपडेट

पुन: बढ्याे पेट्राेलियम पदार्थकाे मुल्य

पुन: बढ्याे पेट्राेलियम पदार्थकाे मुल्य

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क । नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ। त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य १ सय डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ। मूल्यवृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ३९ रुपैयाँ, डिजेल तथा मट्टितेल समान १ सय २२ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य एक सय ६ रुपैयाँ र बाह्य हवाइ इन्धनको मूल्य ९ सय ९५ रुपैयाँ प्रतिकिलोलिटर निर्धारण गरेको निगम प्रवक्ता बिनितमणी उपाध्यायले जानकारी दिए। उनका अनुसार मूल्यवृद्धि पछि पनि निगमलाई एक अर्ब ८८ करोड रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ।...
सर्लाही जिल्ला अस्पतलमा १७ वटा HDU तयार

सर्लाही जिल्ला अस्पतलमा १७ वटा HDU तयार

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
माघ ०५ सचतक नेपाल सर्लाही । कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र रूपमा फैलिएपछि सर्लाही जिल्ला अस्पताल मलंगवामा १७ वटा एचडियु (हाइ डिपेन्डेन्सी युनिट) बेड तयार पारिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका विरामीको उपचारका लागि १७ वटा एचडियु बेड छुट्याएर राखिएको जानकारी दिए। अस्पतालमा ६५ थान अक्सिजन सिलिन्डर र ४० वटा अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामा राखिएको अस्पतालका मेसु डा. झाले बताए। जिल्लामा अहिले तेस्रो लहरमा फैलिएको कोरोना संक्रमणबाट ३६ जना संक्रमित भएका छन्। उनीहरू सबै होम आइसोलेसनमै छन्। डा. झाका अनुसार अस्पतालको पुरानो भवनलाई कोभिड वार्डका रूपमा छुट्याइएको छ। अक्सिजन प्लान्ट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ। सदरमुकाम मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, प्रमुख जिल्ला अधिकारी...
गौरमा लोकसेवाको निःशुल्क कक्षा संचालन

गौरमा लोकसेवाको निःशुल्क कक्षा संचालन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क । रौतहट । गौर नगरपालिकाद्धारा संचालित निःशुल्क लोकसेवाको कक्षा संचालनमा आएको छ । नगरप्रमुख अजय कुमार गुप्ताले उद्घाटन गरि कक्षालाई आजबाट संचालनमा ल्याएका हुन् । एक कार्यक्रम बिच गौर नगरपालिकाद्वारा संचालित निःशुल्क लोकसेवा तयारी कक्षा आजबाट पुर्णरुपमा संचालनमा आएको हो । नगर बिकासका लागि शिक्षा अत्यन्त महत्वपुर्ण रहेकोले सो योजनालाई प्राथमिकता दिएका हुन् । जेभियर इन्स्टिच्युटको प्राविधिक सहयोग र गौर नगरपालिकाको आर्थिक सहयोगमा आजबाट लोकसेवाको तयारी कक्षा निःशुल्क संचालन हुनेछ । लोकसेवाको उच्चस्तरीय कक्षा नगरमै निःशुल्क भएको कारण नगरका गरिब र बिपन्न बालबालिकाले पनि पढ्ने सक्ने भएको कारण बिद्यार्थीहरु खुशी भएका छन् । नगर भित्रका युवाले लोकसेवामा नाम निकाल्न सफल भएमा यो गौर नगरपालिकाकै लागि गौरवको कुरा हुने नगरप्रमुख अजय कुमार गुप्ताले बताए । गौर नगरपालिक...
देशकै ‘कान्छा’ जिल्ला सदस्य बने निवेश

देशकै ‘कान्छा’ जिल्ला सदस्य बने निवेश

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क । रौतहट । रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले रौतहटको ९औँ एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा निर्वाचित भएका छन् । यसअघि बाजुराकी समीक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य बनेकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा हुन् । २०५५ फागुनमा रौतहटको राजदेवी नगरपालिका–७ (साविक मुडवलवा गाविस) मा जन्मेका यादव पछिल्लो समय एमालेको राष्ट्रिय युवा संघमा सक्रिय थिए । संघको स्थायी कमिटी सदस्यको रूपमा काम गरेका उनलाई २८ देखि ३० पुससम्म पोखरामा सम्पन्न सचिवालय बैठकबाट ९औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्यको जिम्मेवारी दिइएको छ । सानै उमेरदेखि राजनीतिप्रति चासो राख्ने यादव २०७० सालमा आफू अध्ययनरत विद्यालयमा विभिन्न सुधारका विषय उठाएर संघर्ष गर्दा चर्चामा आएका थिए । दुई वर्षदेखि उनी ...
प्रदेश २ को नाम अब मधेश प्रदेश

प्रदेश २ को नाम अब मधेश प्रदेश

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क रौतहट । प्रदेश २ को नाम मधेश भएको छ । आज प्रदेश सभाको दुई तिहाईले उक्त नाम राख्ने प्रस्ताव पारित गरेको हो । ९९ जना प्रदेश सभा सांसदमध्ये प्रस्तावको पक्षमा ८० जनाले मतदान गरेका थिए । जसमध्ये जसपाका ३९, माओवादीका ८, लोसपाका १६, संघीय समाजवादी पार्टीका १ र अन्य दलका १६ जनाले पक्षमा मतदान गरे । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले मधेश नाम पारित हुदाँ खुशी व्यक्त गरेका छन् । आफुले गरेको प्रस्ताव र प्रयास सफल भएको उनले बताए । यसअघि राजधानी जनकपुर राख्ने पक्षमा पनि दुई तिहाई मत प्राप्त भएको थियो । प्रदेश २ को सरकार गठन भएको ४ वर्ष बितेपछि बल्ला नामाकारण भएको हो ।...
बलात्कार र हत्याको आरोपमा आमा छोरा पक्राउ

बलात्कार र हत्याको आरोपमा आमा छोरा पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क । बारा । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा बाराबाट एकै परिवारका आमा छोरा पक्राउ परेका छन् । जिल्लाकोे आदर्श कोतवल गाउँपालिका वडा नम्बर ७ मा ९ वर्षीया बालिका रुपमाला कुमारी शाहको बलात्कारपछि हत्या गरेको अभियोगमा आदर्शकोतवाल गाउँपालिका ८ का २० वर्षीय सन्तोष शाह कानु र उनकी आमा ४० वर्षीय शान्तिदेवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) राजेश थापाले जानकारी दिए । प्रवक्ता थापाका अनुसार गत पुस २५ गते बाख्रा चराउन गएको बेला स्थानिय सन्तोष शाह बलात्कारपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । आफ्नो कुखुरा फर्ममा बोलाएर हत्या गरेको निजले स्वीकारेका छन् । फर्ममा एक्लै बसिरहेका सन्तोषले पानी लिएर फर्किँदा कुरेर फर्मभित्र बलात्कारपछि बालिकाको घाँटी कसेर र टाउकोमा फरुवाले हिर्काएर हत्या गरेका थिए । हत्यापछि सोही रात उनले न...
अध्यक्ष दाहाल कोरोना मुक्त

अध्यक्ष दाहाल कोरोना मुक्त

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् । आइतवार पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रचण्डकी निजी सचिव गंगा दाहालले जानकारी दिएकी छन् । पुस २३ गते गरिएको परीक्षणमा प्रचण्डलाई कोरोना पोजिटिभ देखिएको थियो ।
कोरोना भाइरस बिच पनि त्रिविको परिक्षा हुने

कोरोना भाइरस बिच पनि त्रिविको परिक्षा हुने

banner-news-1, ताजा-अपडेट, शिक्षा
सचतक नेपाल डेस्क । काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिने गरेका परीक्षा नरोनिके भएको छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै सरकारले विद्यालय बन्द गरेको अवस्थामा त्रिविका परिक्षा भने निर्वाध सञ्चालन हुने भएका हुन् । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले सिनेमा हल, जिमखाना, पार्टी, भोज, जमघट हुने सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाइ गरेको छ । त्रिविमा हाल जाडो बिदाले विश्वविद्यालय बन्द भए पनि परीक्षा भने चलिरहेको छ । परिक्षाहरु नरोकिने भएका हुन् ।  ...
माधवनारायण नपाका मेयर यादवद्वारा एकै दिन दुई वटा समुदायिक भवन शिलान्यास

माधवनारायण नपाका मेयर यादवद्वारा एकै दिन दुई वटा समुदायिक भवन शिलान्यास

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
  जितेश यादव  माघ १ , रौतहटको माधवनारायणमा एकै दिन दुई वटा सामुदायिक भवनको शिलान्यास गरिएको छ । माधवनारायण नगरपालिका–८ (रजवडा)मा शनिबार दुई वटा सामुदायिक भवनको शिलान्यास गरिएको हो । नगरपालिकाका मेयर बिरेन्द्र राय यादवले माधवनारायण नगरपालिका ८ स्थित श्री राम जानकी मठ्को परिसरमा नगरपालिकाको २५ लाखको लागतमा ३ कोठेको सामुदायिक भवन शिलान्यास गरेका हुन ।यस्तै सोही वार्ड स्थित गढ टोलमा अवस्थित बाबा गरिब नाथ मन्दिर परिसरमा ११ लाखको लागतमा बन्ने गरि सामुदायिक भवनको शिलान्यास गरेका हुन । मेयर यादवका अनुसार सो भवनको निर्माण कार्य २ महिना भित्रमा सप्पन् भैइसकेको हुन्छ । सामुदायिक भवन बनेपछि त्यस घना बस्तिमा सभा समारोह, शुभकार्य , भेला गोष्ठीलगायतका कार्य गर्न स्थानियलाई सहज हुने मेयर यादवले बताए । माधवनारायण नपा ८ का वडा अध्यक्ष जितेन्द्र कुश्वाहाको अध्यक्षता र नपाका मेयर बिरेन...
गौर नगरपालिका : ९ औँ नगर अधिवेशन सम्पन्न

गौर नगरपालिका : ९ औँ नगर अधिवेशन सम्पन्न

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क राैतहट । गाैर नगरपालिकाले आफ्नाे ९ औँ नगर अधिवेशन सम्पन्न गरेकाे छ । शिक्षा स्वास्थ्य ,पर्यटन पूर्वाधार र व्यापार , सुन्दर समृद्ध तथा समुन्नत गौरको आधार मूल अवधारणा का साथ साे नगर अधिवेशन सम्पन्न भएको छ । पुष मसान्त सम्ममा हिउदे अधिबेशन गर्नु पर्ने रहेको कानुनी प्रावधान अन्तर्गत नगरपालिकाले सो अधिवेशन सम्पन्न गरेको हो । नगर सभामा सहभागी भएका नगर सभासदलाइ सम्वोधन गर्दै निर्वाचित भएको साढे ४ वर्षमा गौर राइस मिलको जग्गा नगर बासिको लागि सार्वजनिक गराउने भनि गरेको प्रतिवद्धता पुरा गर्न नसकेकोमा दुखित भएको बताएका छन् । निर्वाचनको बेला गरेको प्रतिवद्धता मध्ये अधिकांश प्रतिबद्धता पुरा गरिएको बताउदै गरेको बाचा अनुसार राइस मिल अधिग्रहण गर्न प्रयास गरेपनि कानुनी जटिलता र भू माफियाको चलखेलको कारण सो कार्य अलपत्र भएकोले आफु दुखित भएको बताए । उनले शिक्षा , स्वास्थ्य , पूर...