Thursday, September 17
Shadow

ताजा-अपडेट

पुटिनका विशेष प्रतिनिधिले दिए राजीनामा

पुटिनका विशेष प्रतिनिधिले दिए राजीनामा

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले आफ्नाे पदबाट राजीनामा दिएका छन् । एक अनुभवी रुसी सुधारकको रुपमा परिचित एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पद त्याग्ने उनी हालसम्मकै उच्च अधिकारी हुन् । राजीनामा दिनुअघिसम्म उनले आधिकारिक रुपमा रुसी जलवायू दूतको रुपमा काम गरेका थिए । ब्लुमबर्गको एक रिपोर्ट अनुसार ६६ वर्षीय एनातोली सन् १९९० को दशकको रुसको आर्थिक सुधारकको रुपमा चिनिन्छन् । उनले पुटिन सरकारसँग निकट रहेर काम गरेका थिए र पश्चिमा देशका अधिकारीहरुसँग घनिष्ट सम्बन्ध बनाएका थिए । सन् १९९० को दशकमा रुसमा निजीकरण योजना भित्राउने व्यक्तिको रुपमा उनी चिनिन्छन् । पुटिनसँग निकट रहेकाले पनि एनातोली धेरै सरकारी कम्पनीहरुका उच्च ओहोदामा रहेर काम गरेका थिए । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि सरकारको घरेलु आल...
नेता निधिद्वारा एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह

नेता निधिद्वारा एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, धनुषा । नेपाली काँग्रेसका निर्वाचित प्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गर्न पुगेका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषामा नेपाली काँग्रेसको बलियो उपस्थितिका लागि एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । निधिले नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनबाट नव निर्वाचित धनुषाका पदाधिकारी एवं सदस्यहरूलाई आज जनकपुरधाममा प्रमाणपत्र वितरण गर्नुहुँदै निर्वाचनमा भएको आन्तरिक प्रतिस्पर्धालाई सामान्य रुपमा लिन आग्रह गर्नुभयो । उनले चुनावको समयमा पार्टीभित्र भएको प्रतिस्पर्धा बिर्सेर स्थानीय चुनावमा काँग्रेस उम्मेदवारलाई विजयी गराउनका लागि जनताको मन जित्ने कार्यमा लाग्न आग्रह गर्नुभयो । नेपाली काँग्रेसका पूर्व उपसभापति निधिले करिब दुई तिहाइको कम्युनिस्ट सरकार पूर्ण अवधि नचलेका कारण नेपाली काँग्रेसको पक्षमा आम जनताको विश्व...
पूर्व गृह तथा उप प्रधानमन्त्री निधि जनकपुरमा (फोटो फिचर)

पूर्व गृह तथा उप प्रधानमन्त्री निधि जनकपुरमा (फोटो फिचर)

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, धनुषा । एक कार्यक्रममा प्रमूख अतिथिका रुपमा पूर्व केन्द्रिय उपसभापति एवं पूर्व गृह तथा उप प्रधानमन्त्री बीमलेन्द्र निधि जनकपुर पुगेका छन् । नेपाली कांग्रेसका निर्वाचित प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गर्नका लागि उप प्रधानमन्त्री निधि जनकपुरमा पुगेका हुन् । विमलेन्द्र निधि नेपालको सत्ताधारी दल नेपाली कांग्रेस केन्द्रियका उपसभापति समेत रहेका थिए । उनी प्रचण्ड मन्त्रिपरिषद्मा उपप्रधान सहित गृहमन्त्री थिए । तस्बिर : स्रोत...
इजरायल : छुरा प्रहार गरि ३ जना हत्या

इजरायल : छुरा प्रहार गरि ३ जना हत्या

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल एजेन्सी । इजरायलको दक्षिणी भागमा सपिङ सेन्टर बाहिर भएको आक्रमणमा चार जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ । तीनजनालाई बेरशेबाको बिग सपिङ सेन्टर बाहिर छुरा प्रहार गरी हत्या गरिएको थियो भने चौथोलाई आक्रमणकारीले चलाएको गाडीले किचिदिएको बताइएको छ । आक्रमणकारीलाई एक बस चालकले गोली हानेर मारेका थिए । इजरायलको आन्तरिक सुरक्षा एजेन्सीले आक्रमणकारी इजरायली अरब भएको बताइएको छ । उनलाई एक पटक इस्लामिक स्टेट (आईएस) समूहलाई समर्थन गरेको आरोपमा पक्राउ गरिएको थियो । नाम मुहम्मद गालेब अहमद अबु अल्कियान रहेको र उनी बेरशेबाबाट १२ माईल (१९ किलोमिटर) पूर्वमा हुराको बेदुइन सहरका हाई स्कूल शिक्षक रहेको उल्लेख गरिएको छ ।...
पूर्व कप्तान खड्का सर्वोत्कृष्ट खेलाडी घोषित

पूर्व कप्तान खड्का सर्वोत्कृष्ट खेलाडी घोषित

अन्य, खबर बिषेश, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, रौतहट । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का पछिल्लो दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष कोभिड महामारीको चपेटामा परेर खेलक्षेत्र गतिविधिसुन्य भएका कारण फरक स्वरूपमा गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पारसले यस्तो अनुपम सफलता हासिल गरेका हुन् । मञ्चले प्रत्येक वर्ष अघिल्लो वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई पुरस्कृत गर्ने गरेकोमा यसपालि भने पछिल्लो दशकभरको सफलतालाई मानक मान्दै अवार्ड वितरण गरेको थियो । जहाँ अन्य विभिन्न विधाका खेलकर्मीसँगै दशकको उत्कृष्ट खेलाडी पुरुष र महिला तथा प्रशिक्षक सम्मानित भएका थिए । मंगलबार प्रज्ञा भवनमा भएको नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्ड कार्यक्रममा पछिल्लो दशक नेपाली क्रिकेटमा एक छत्र राज गरेका पारस सम्मानित भए । उनी यसअघि एक पटक युवा वि...
पल शाहविरुद्ध तनहुँमा बलात्कारको मुद्दा दर्ता

पल शाहविरुद्ध तनहुँमा बलात्कारको मुद्दा दर्ता

अन्य, ताजा-अपडेट
सच तक नेपाल डेस्क, रौतहट । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध तनहूँ जिल्लामा मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो । नाबालिका एक गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका पल आफै प्रहरी समक्ष पुगेका थिए । ११ फागुनमा नाबालिक गायिकाले पलविरुद्ध बलात्कार तथा यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् । अभियोगपत्रमा १२ देखि १४ वर्षको जेल सजाय मागदावी गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिनुभयो। उहाँका म्यानेजर कृष्ण जोशीलाई मतियारको रूपमा देखाइएको छ । जोशीलाई भने पललाई मागदावी गरेको सजायको आधा कैद सजाय माग गरेको उहाँले बताउनुभयो । अब जिल्ला अदालतले उनीहरूसँग बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुने बताइएको छ । जि...
मधेस प्रदेशकाे बैठक आज पुन: स्थागित

मधेस प्रदेशकाे बैठक आज पुन: स्थागित

अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल, ९ चैत । मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराएका छन् । प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो । फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक स्थगन गरिएको थियो । फागुन १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण स्थगन गरिएको थियो । फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका कारण, फागुन २२ गते नेपाली कांग्रेसको अधिवेशन र गण्डकी प्रदेशका मुख्यमन्त्रीको मधेस प्रदेशको भ्रमणका कारण स्थगन...
साढे ८ लाख बराबरको अबैध सामान नियन्त्रणमा

साढे ८ लाख बराबरको अबैध सामान नियन्त्रणमा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, रौतहट । धनुसा जिल्लाको जनकनन्दनी–१ इनवी स्थित सिमानाकामा नेपालबाट भारत जादै गरेको अवैध मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ । गुप्त सुचनाको आधारमा इनवी बिओपीबाट खटिएका १५ जनाको टोलीले ६ वटा मोटरसाइकल सहित २०७ कार्टुन अवैध मदिरा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलले ६ वटा मोटरसाइकलमा ढुवानी गरिरहेको सौफि मदिरा २०७ कार्टुन, भर्जिन मदिर ७ कार्टुन, ब्लाक ओक मदिरा ९ कार्टुन गरि कुल रु. ३ लाख १० हजार ६०० बराबरको मदिर बरामद गरेको छ भने मोटरसाइकलहरुको अन्दाजी मुल्य रु.५ लाख ५० हजार गरि कुल ८ लाख ५० हजार बराबरको अबैध समान सशस्त्र प्रहरी बल गणं न. ८ धनुषाले नियन्त्रणमा लिएको हो । बरामद र नियन्त्रणमा लिएको समानहरु थप कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालयमा बुझाइएको हो । यो अबैध समानहरु स्वाड टिम वरिष्ठ हवल्दार मन्तोस सिंह सहित ६ जना र बीओपीका थप ९ जनाको टोलीले नि...
मुख्यमन्त्री निवासमै काटियाे खानेपानीकाे लाईन

मुख्यमन्त्री निवासमै काटियाे खानेपानीकाे लाईन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ‘बेटी पढाऊ, बेटी बचाऊ’ को नारा दिएर बेटीको नाउमा साइकिल पचाएको अभियोगमा मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागज जब्त गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल सम्म कुनै कारवाही अगाडि न बढाएता पनि नेपाल खाने पानी संस्थानले इमानदारी पुर्वक कारवाही अगाडि बढाएको छ । नेपाल खानेपानी संस्थान शाखा कार्यालय बिरगंजले मुख्यमन्त्री लालबाबु राउत गद्दीका पिता दशरथ राउत गद्दीको नाममा रहेको खानेपानीको लाइन काटिदिएको छ । मुख्यमन्त्री राउतको निजी निवास बिरगंज महानगरपालिका वडा नं १३ स्थित रहेको यहि घरको लाइन काटिदिएको हो । प्रदेश भरी सु-शासन कायम गराउछु भनेर सपथ लिएका मुख्यमन्त्री राउतले आफ्नै बुवासंग खानेपानी संस्थानलाई एक लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता तिराउन नसकेपछि लाइन काटिएको हो।...
विहेकाे ४ वर्षपछि आमा बनिन साेनम

विहेकाे ४ वर्षपछि आमा बनिन साेनम

अन्य, खबर बिषेश, ताजा-अपडेट
सच तक नेपाल डेस्क, बलिउड अभिनेत्री सोनम कपुर विवाहको चार वर्षपछि आमा बन्न लागेकी छिन्। सोनमले यो खुसीको खबर आफ्नो सामाजिक सन्जालमार्फत एउटा तस्बिरका साथ सेयर गरेकी छिन्। सार्वजनिक भएको तस्बिरमा सोनम कपुरको बेबी बम्प पनि देखिएको छ। सोमबार आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आमा बन्ने खबर शेयर गर्दै सोनमले खुसी व्यक्त गरेकी छिन्। तस्बिरमा पति आनन्द आहुजा सोनमको बेबी बम्पसँग पोज दिइरहेका छन्। तस्बिर सार्वजनिक हुनेबित्तिकै फ्यान र साथीहरूले जोडीलाई बधाई दिइरहेका छन्। सोनम कपुरले सन् २०१८ मा व्यापारी आनन्द आहुजासँग विवाह गरेकी थिइन्। विवाहपछि सोनम कपुर फिल्मबाट टाढा पारिवारिक जीवनको आनन्द लिइरहेकी छिन्। सोनम पछिल्लो पटक द जोया फ्याक्टर फिल्ममा देखिएकी थिइन्।...