कैदीहरुले पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश
सच तक नेपाल डेस्क,
१३ असार, रौतहट । जेलमा रहेका कैदीबन्दीलाई पनि मताधिकारको व्यवस्था गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले मतदाता नामावली संकलनका लागि आदेश दिएको छ ।
सोमबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले समानुपातिकतर्फ मताधिकारको व्यवस्था गर्न मतदाता नामावली संकलनको व्यवस्था गर्न निर्देशन दिएको हो ।
काठमाडौं स्कुल अफ ल का विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कैदीबन्दीको सबै मौलिक अधिकार हनन् हुन नसक्ने भन्दै समानुपातिकतर्फ मतदानको व्यवस्था गर्ने प्रयोजनका लागि मतदाता नामावली संकलनको व्यवस्था गर्न निर्देशन दिएको हो ।
अदालतले आगामी प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसमेतलाई आदेश दिएको हो ।
सर्वोच्चको आदेशमा ‘कैद स...









