मौसम परिवर्तनसंगै बाँकेमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे
नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज, कात्तिक १२ । मौसम परिवर्तन भैरहेकै बेलामा बाँके जिल्लामा भाईरल ज्वरो र रुघाखोकीका विरामीहरु बढ्दै गएका छन् ।
केही महिना पहिलेसम्म कहर मचाएको कोरोनाको संक्रमण निकै घट्दै गएपनि अहिले आएर जिल्लामा भाईरल ज्वरो, रुघाखोकी र टाइफाइडका विरामीहरु बढ्दै गएको अस्पतालहरुले जनाएका छन् ।
अहिले गर्मी समाप्त भएर चिसो मौसम शुरु भएकोले सोही कारणले ज्वरो, रुघाखोकी र टाइफाइडका बिरामीहरुको संख्या अत्याधिक बढेको भेरी अस्पतालका प्रवक्ता डा. संकेत कुमार रिसालले बताउनुभयो ।
उहाँले अहिले कोरोनाका विरामीहरु निकै कम भैसकेको जनाउँदै तर भाइरल ज्वरोका विरामी भने धेरै बढेको बताउनुभयो ।
अहिले भेरी अस्पतालमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिगान निस्कने र पखाला समेत लाग्ने लक्षण देखिने विरामीहरु ठुलो संख्यामा आउने गरेका छन् ।
सोही प्रकारले नेप...









