Saturday, September 12
Shadow

राजनीति

प्रचण्ड आज ३ दिने भारत भ्रमणमा जादै

प्रचण्ड आज ३ दिने भारत भ्रमणमा जादै

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल,३१ असार, राैतहट। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए। अध्यक्ष दाहालको भ्रमणका बारेमा बिहीबार साँझ बसेको स्थायी समिति बैठकमा छलफल भएको थियो। बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको थियो। दाहाल आगामी साउन १ गते स्वदेश फर्कनेछन्।...
पार्टी भित्र गठबन्धन गरेर अघि बढ्नु पर्याे : नेता निधि

पार्टी भित्र गठबन्धन गरेर अघि बढ्नु पर्याे : नेता निधि

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल,३०‌‌ असार,‌राैतहट‌ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गठबन्धन गरेर अघि सर्न सुझाव दिएका छन् । बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्ताे भनेका छन्। सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भएपनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको नेता निधीले बताए ।  आगामी प्रदेश र संघको निर्वाचनमा काँग्रेसलाई बुहमतको पार्टी बनाउनुपर्नेमा उनले जोड दिए । नेता निधीले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेताहरुलाई पनि पार्टी सभापतिले अबका दिनमा समेटेर जान सुझाव दिएको बताए । उनले अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेकोले राम्रो बनाएर अघि बढ्न र अर्थतन्त्रमा धेरै संकटलाई काँग्रेसले नै समाधान गरेर अघि बढ्नुपर्ने क...
बालकाेटमा ओलीद्वारा‌ बालेनलाई तबला उपहार

बालकाेटमा ओलीद्वारा‌ बालेनलाई तबला उपहार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल,३० असार, राैतहट । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह  (बालेन) लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् । बुधबार साँझ बालकोट पुगेका मेयर शाहलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले तबला उपहार दिएका हुन् । भेटवार्तापछि ओलीले बालेनलाई तबला उपहार दिएको एमाले नेता कर्णबहादुर थापाले बताएका छन्। ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको बताइन्छ । बालेनले यसअघि महानगरमा आफ्नो जित सुनिश्चित भएपछि ओलीलाई बालकोट नै पुगेर भेटेका थिए ।  बुधबार बिहान मात्रै एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितलाई भेट्न बालेन उनकै निवास पुगेका थिए ।  केही दिनअघि काँग्रेसबाट मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंहसँग पनि बालेनले भेटवार्ता गरेका थिए । बालेन सिर्जना सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउव...
ज्याेतिषकाे सल्लाहमा निर्वाचनकाे मिति तय

ज्याेतिषकाे सल्लाहमा निर्वाचनकाे मिति तय

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,२९ असार, राैतहट । सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति तोक्ने तयारी सरकारको छ । ‘४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी प्रधानमन्त्रीले तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन गरिसक्नु भएको छ, ज्योतिषलाई हेराएरै मिति तय गरिएको हो,’ बालुवाटार स्रोतले  भन्यो । यसअघि, गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन मितिसमेत ज्योतिषकै रायमा तय भएको बताइन्छ । आयोगले भने गत २२ असारमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन देशभर ‘एकै दिन एकै चरण’मा गर्नेगरी सरकारसमक्ष आगाम...
मन्त्री हेरफेरको तयारीमा जसपा, नयाँ मन्त्री को को बन्ने ?

मन्त्री हेरफेरको तयारीमा जसपा, नयाँ मन्त्री को को बन्ने ?

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, २० असार, रौतहट । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्री हेरफेरको तयारीमा जुटेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री फेरफेरको विषयमा छलफल गरेमा छन्। जसपाबाट हाल राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, महेन्द्रराय यादव कृषि तथा पशुपंक्षी विकासमन्त्री र रामसहायप्रसाद यादव वन तथा वातावरणमन्त्री हुन् । हालका मन्त्रीलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह र इस्तियाक राई लगायतलाई पठाउने तयारीमा अध्यक्ष यादव जोड दिएका छन् । संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले पार्टी विभाजन गर्ने भएपछि कतिपय नेता बाबुरामसँगै जाने डरले पनि उपेन्द्रले मन्त्री फेर्न तयारी गरेका छन् ।...
अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्न देउवासहितको टोली बारामा

अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्न देउवासहितको टोली बारामा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १८ असार, बारा । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली बारा पुग्नुभएको छ । अवलोकनमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमकान्त चौधरीको टोली बारो पुग्नुभएको हो । अनुगमनपछि टोलीले प्रस्तावित विमानस्थल निर्माणमा हुने क्षति र कमभन्दा कम क्षतिमा निर्माण गर्नेगरी प्रस्तावहरु ल्याउने जनाएको छ। तस्बिर : गोरखापत्र...
नवनियुक्त ४ मन्त्रीद्धारा शपथ

नवनियुक्त ४ मन्त्रीद्धारा शपथ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १३ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिनुभएको हो । नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुनुहुन्छ । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोक्नुभएको थियो । मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डार...
नवनियुक्त मन्त्रीहरुको आज शपथ

नवनियुक्त मन्त्रीहरुको आज शपथ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १३ असार, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । देउवाले आइतबार साँझ काँग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका थिए । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरूको शपथ सोमबार बिहान गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।...
आज राष्ट्रियसभाको बैठक बस्दै

आज राष्ट्रियसभाको बैठक बस्दै

अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १२ असार, रौतहट । आज आइतबार संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक संघीय संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ ।  ...
लोसपा र लोक दलबीच एकीकरण हुने

लोसपा र लोक दलबीच एकीकरण हुने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १२ असार, रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुने भएको छ । काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा एकीकरण घोषणा कार्यक्रम आयोजना गरिएको छ । आज दिउँसो साढे २ बजे पार्टी एकता कार्यक्रम हुने लोसपा केन्द्रीय कार्यालयले जानकारी दिएको छ । पार्टीले आगामी संघीय निर्वाचनको लागि पनि अन्य दलसँग गठबन्धनको तयारी गरिरहेको छ ।...