Saturday, September 12
Shadow

राजनीति

चन्द्रपुर वडा नं १० को वडा अध्यक्षमा लक्ष्मी साहले उमेदवारी दिने

चन्द्रपुर वडा नं १० को वडा अध्यक्षमा लक्ष्मी साहले उमेदवारी दिने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं १० बस्ने युवा समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका लक्ष्मी साहले स्थानीय चुनावमा वडा नं १० बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l साह वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएका छन्। आफूलाई वडाका जनता बाट पटक पटक दबाव आइरहेको ले जनताको इच्छा अनुसार नै आउने स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रको टिकटबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l...
वडा अध्यक्ष पदका उमेदवार महतोले सार्वजनिक गरे अवधारणा प्रतिबद्धता

वडा अध्यक्ष पदका उमेदवार महतोले सार्वजनिक गरे अवधारणा प्रतिबद्धता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल सर्लाही । नेकपा माओवादी केन्द्रको तर्फबाट सर्लाहीको जिल्लाको बलरा नगरपालिका वडा न. - ८ का अध्यक्ष पदका उम्मेदवार उमेश महतोले स्मार्ट वार्डको परिकल्पना शहितको स्थानीय प्रतिबद्धता पत्र सार्बजनिक गर्नुभएको छ । जारी प्रतिबद्धतामा वडाको बिकासका लागि स्पष्ट खाका सहित स्मार्ट को पुर्ण परिभाषा सहित ब्यख्या गरिएको छ । अवधारणा प्रतिबद्धता १.आधुनिक शिक्षा तथा स्वस्थय क्षेत्रमा व्यापक परिवर्तन ल्याउने। २.कृषि प्रधान वडा बनाउने। ३. समयमै एम्बुलेन्स तथा वृद्ध भता उपलब्ध गराउने। ४.जनताहरुको सेवामा ओहोरात सहभागी हुने ५. वडाबाट पाउने सम्पुर्ण सेवा सुबिधा निशुल्क गरिने लामो समय देखि राजिनितिमा सक्रिय महतो आफ्नो अवधारणा प्रतिबद्धता सार्वजनिक गर्दै आफ्ना प्रतिबद्धता पूरा गर्न आफूलाई नै मत दिएर जिताउन जनताहरुलाई आह्वान गरेका छन।...
गठबन्धन गरेर चुनावमा गइयो भने महिलाले पाएको संवैधानिक अधिकार गुम्ने खतराःनेतृ ठाकुर

गठबन्धन गरेर चुनावमा गइयो भने महिलाले पाएको संवैधानिक अधिकार गुम्ने खतराःनेतृ ठाकुर

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १६ चैत, राैतहट । आगामी चुनावमा गठबन्धन गरेर स्थानीय तहको चुनाव लडने भएपछि राजनीतिमा महिलालाई विभिन्न संकट आउन सक्ने नेतृहरुले आशंका व्यक्त गरेकी छिन । आगामी बैशाख ३० गत्ते हुन लागेको स्थानीय तहको चुनावमा विभिन्न दलले गठबन्धन गरी चुनावमा जाने निर्णय गरे लगत्तै महिलाहरुले पाएको संवैधानिक हक गुम्ने खतरा रहेको अन्तरपार्टी महिला संजालकी प्रदेश कोषाध्यक्ष तथा नेतृ विभा ठाकुरले बताएकी छिन । उनले संवैधानिक व्यवस्था अनुसार प्रत्येक दलले स्थानीय तहको चुनावमा प्रमुख÷उपप्रमुख मध्ये एकजना महिला अनवार्य गरे पनि दुई दल मिलेर चुनावमा जाँदा दुबै दलले दुबै पदमा पुरुषलाई नै उम्मेदवार बनाएपछि महिलाले पाएको अधिकार गुम्ने र महिला फेरी राजनीतिमा पछाडी पारिने सम्भावना रहेको नेतृ ठाकुरको आशंका रहेको छ । बुधबार जनकपुरमा अन्तरपार्टी महिला संजालको आयोजना तथा ओरेक नेपालको सहयोगमा आयोजित ‘र...
राम नगर २ को अध्यक्षमा राम बिनोद यादवको दावी

राम नगर २ को अध्यक्षमा राम बिनोद यादवको दावी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
  सचतक नेपाल चैत्र १४ स्थानीय तहको चुनावको मिति नजिदिकै गर्दा चुनावी सरगर्मी बढेको छ । बिभिन्न दलका बिभिन्न नेता,कार्यकर्ता चुनावमा उम्मेदबार बन्ने होडबाजीमा लागेका छन । व्यवस्था परिवर्तन संगै युवापुस्ताले समेत राजनीतिमा चासो देखाउन थालेका छन । बढ्दो चुनावी सरगर्मी र उम्मेदबारको भिँडमा राम नगर गाउँपालिका - २ ( धुर्वा ) बस्ने राम बिनोद यादवले नेकपा माओवादी केन्द्रबाट वडा नम्बर २ का अध्यक्ष पदमा उमेदवारी दिने दावी गरेका छन । वडाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका  शान्ती सु- ब्यबस्था समाजमा सद्भाव कायम राख्न र जनताको बिकास कार्यको अनुभव भएको यादवले शिक्षा,स्वास्थ्य,रोजगारी,पुर्वाधार विकाशमा आफ्नो ध्यान केन्द्रित रहेको बताउँछन ।नेकपा माओवादी पार्टीको काममा निरन्तर सक्रिय भएको हिसावले समेत पार्टीले मुल्याङकन गरेर आफुलाई टिकट दिने दावी समेत गरेका छन् । पछिल्लो ५ बर्षमा २ नम्बर ...
जसपाका एक केन्द्रीय युवा नेता पक्राउ

जसपाका एक केन्द्रीय युवा नेता पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल १३ चैत, धनुषा । धनुषा प्रहरीले जनता समाजवादी पार्टी (जसपा) नेपालका एक केन्द्रीय नेतालाई पक्राउ गरेको छ । धनुषा जिल्ला अदालतको आदेशमा प्रहरीले तीन दिन अघि नै संघीय परिषद सदस्य युवा नेता नवीन यादवलाई लेनदेन मुद्दामा पक्राउ गरेको हो । एक वर्ष कैद वा ५ लाख रुपैयाँ बिगो सहितको माग गर्दै धनुषा जिल्ला अदालतमा परेको मुद्दामा अदालत पक्राउ पुर्जी जारी गरेपछि नेता यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका । उनले भने अदालतमा हाजिर गरिसकेपछि थप अनुसन्धानका लागि म्याद थप गरी तीन दिनदेखि उनलाई हिरासतमै राखिएको छ । अनुसन्धान नसकेसम्म म्याद थप थरी हिरासतमै राखिनेछ । अदालतले कैद सजायको आदेश वा विगो सहितको रकम नतिरेमा यादव जेल चलान समेत हुन सक्ने डीएसपी बस्नेतले बताए । यादवलाई यसअघि पनि जनकपुरधामको एक क्याफे...
महिला अशिक्षित र सचेत नभएकै कारणले प्रजनन स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसितःमन्त्री सिंह

महिला अशिक्षित र सचेत नभएकै कारणले प्रजनन स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसितःमन्त्री सिंह

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल, चैत्र १३ , जनकपुरधाम । महिला अशिक्षित भएकै कारणले प्रजनन स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसित रहेको मधेश प्रदेशको महिला,बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले बताएका छन । सातवटै प्रदेश मध्ये मधेश प्रदेश अविकसित तथा अशिक्षित प्रदेश रहेकै कारण महिलाहरु विभिन्न समस्याबाट ग्रसित रहेको मन्त्री सिंहले बताएका हुन । उनले महिला अशिक्षित तथा सचेत नभएकै कारणले प्रजनन स्वास्थ्य सम्बन्धी समस्या ,महिला हिंसा लगायतका समस्याबाट ग्रसित रहेको बताए ।जनकपुरमा आयोजित एक कार्यक्रम ‘विपदको समयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सवालमा प्रदेश स्तरिय गोष्ठीमा’ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री सिंहले भने मूल कारण नै प्रजनन सम्बन्धी ज्ञान नहुनु नै हो तसर्थ महिला शिक्षामा जोड दिनुपर्ने महसुस गरे । साथै उनले भने प्रदेश सरकारले कुनै पनि नीति नियम बनाउँदा सरोकारवालाहरु सँग छलफल न...
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १३ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ । उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने सूचनामा उल्लेख छ । आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्ने छ । निर्वाचन अधिकृत भन्नाले निर्वाचनको कामका लागि आयोगले नियुक्ति गरेको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत समेतलाई जनाउँछ । स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा...
चियाचर्चाः कांग्रेसले जनकपुरमा उपमेयरको टिकट कसलाई देला !

चियाचर्चाः कांग्रेसले जनकपुरमा उपमेयरको टिकट कसलाई देला !

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, जनकपुरधाम । आउदो स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगर पालिकाबाट उपमेयरमा नेपाली कांग्रेसले कुन उम्मेदवारलाई टिकेट दिने अहिले जनकपुरमा चर्चाको विषय बनेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा कांग्रेसले उपमेयर पदको लागि कसलाई चुन्ने भन्ने विसय अहिके चिया पसल देखी पान पसल सम्म चलेको छ । कांग्रेस बाट उपमेयरको लागि झन्डै आधा दर्जन महिलाहरू आकांक्षी रहेको छ । तर मुख्य रुपमा तीजनाको नाम सर्वाधिक चर्चामा रहेको छ । रिंकू कुमारी मिश्र (गायत्री), नीलम कर्ण र सम्झना वर्माको चर्चा बढी छ । संचारकर्मी रिंकू प्रेस यूनियन बाट अहिले नेपाल पत्रकार महासंघका केन्द्रीय सदश्य छीन भन्ने नीलम कर्ण यस अघि भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस बाट उपमेयरमा उठेकि थिइन तर पराजित भईन । सम्झना वर्मा प्रवल उम्मेदवारको रुपमा रहेपनी पच्छिलो समय ऊनि कांग्रेस जिल्ला अधिवेशनमा निधि गुट परिवर्त...
जसपा नेपालका केन्द्रिय सदस्य एवंम संघीय संसदीय दलका प्रमुख साह माथि संघातीक हमला

जसपा नेपालका केन्द्रिय सदस्य एवंम संघीय संसदीय दलका प्रमुख साह माथि संघातीक हमला

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय सदस्य एवम् संघीय संसदीय दलका प्रमुख माननीय प्रमोद साह माथि संघातीक हमला भएको छ । अज्ञात समूहले सर्लाहीकाे इश्वरपुर नगरपालिका स्थित बयलवास बजारमा उनी माथी संघातीक हमला गरेकाे हाे । माननीय साहको गार्डको पिस्तोल खोसी गार्डलाई समेत घाइते बनाएकाे स्राेतले जनाएकाे छ । हमलामा माननीय साहकाे अवस्था अचेत रहेकाे प्रहरीले जनाएकाे छ । उनकाे प्राथमिक उपचार पछि थप उपचारका लागि उनलाई काठमाण्डाैं लगिरहेकाे समेत प्रहरीले जनाएकाे छ । उनका सर्थकहरुले समाजिक सञ्जालमा दोषी माथि अविलम्ब कारबाहीको माँग गर्दै छन् ।...
समितिकाे संयाेजकमा महामन्त्री थापा मनाेनीत

समितिकाे संयाेजकमा महामन्त्री थापा मनाेनीत

अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ चैत, राैतहट । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’को संयोजकमा महामन्त्री गगनकुमार थापालाई मनोनीत गरेका छन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार सभापति देउवाले उनलाई समितिको संयोजकमा आज मनोनयन गरेकाे पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। -रासस...