Sunday, July 26
Shadow

अन्य

विहेकाे ४ वर्षपछि आमा बनिन साेनम

विहेकाे ४ वर्षपछि आमा बनिन साेनम

अन्य, खबर बिषेश, ताजा-अपडेट
सच तक नेपाल डेस्क, बलिउड अभिनेत्री सोनम कपुर विवाहको चार वर्षपछि आमा बन्न लागेकी छिन्। सोनमले यो खुसीको खबर आफ्नो सामाजिक सन्जालमार्फत एउटा तस्बिरका साथ सेयर गरेकी छिन्। सार्वजनिक भएको तस्बिरमा सोनम कपुरको बेबी बम्प पनि देखिएको छ। सोमबार आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आमा बन्ने खबर शेयर गर्दै सोनमले खुसी व्यक्त गरेकी छिन्। तस्बिरमा पति आनन्द आहुजा सोनमको बेबी बम्पसँग पोज दिइरहेका छन्। तस्बिर सार्वजनिक हुनेबित्तिकै फ्यान र साथीहरूले जोडीलाई बधाई दिइरहेका छन्। सोनम कपुरले सन् २०१८ मा व्यापारी आनन्द आहुजासँग विवाह गरेकी थिइन्। विवाहपछि सोनम कपुर फिल्मबाट टाढा पारिवारिक जीवनको आनन्द लिइरहेकी छिन्। सोनम पछिल्लो पटक द जोया फ्याक्टर फिल्ममा देखिएकी थिइन्।...
प्रधानमन्त्री देउवा खोटाङ प्रस्थान गर्दै

प्रधानमन्त्री देउवा खोटाङ प्रस्थान गर्दै

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवा आज खोटाङको लागि प्रस्थान गर्नु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न उहाँ खोटाङ जान लाग्नु भएको हो । प्रधानमन्त्री देउवाले मध्याह्न साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रम सकिएलगत्तै उहाँ काठमाडौँ फर्कने कार्यक्रम छ । साप्सुखोलामा पक्की पुल गत साउनमा निर्माण गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमानामा पर्ने उक्त पुल पाँच करोड ६० लाखमा निर्माण गरिएको हो । विसं २०७६ असार ११ गते शिलान्यास गरिएको सो पुल ४० मिटर लामो छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभ...
गायक झाकाे स्वरमा सरस्वती पुजाको गीत सार्वजनिक

गायक झाकाे स्वरमा सरस्वती पुजाको गीत सार्वजनिक

अन्य, ताजा-अपडेट
सचतक नेपाल डेस्क , राैतहट । बज्जिका गायक सुरज नारायण झाको बज्जिका गीत सार्वजनिक भएको छ । बज्जिका भाषामा अनेकौं गीत गाइसकेका गायक झाको नयाँ सरस्वती पूजाको बज्जिका गीत सार्वजनिक भएको हाे । सरस्वती पूजनोत्सवको अवसर पारेर सुधीर इंटरटेनमेंट गौरबाट रेकर्ड भएको र त्यसै कम्पनीको यूट्यूब च्यानलबाट प्रकाशित भएको गीत "बनल छि हम आजु गवईया" श्रोताहरु निकै मनपराइरहेका छन् । गीतको निर्माता सुधीर इंटरटेनमेंटको संचालक रणधीर कुमार, निर्देशक राजेश्वर पाण्डेय, सम्पादक सञ्जय मित्र, गीतकार सागर जी, संगीतकार राजु राजा र विशेष सहयोग कुमार चन्दनको रहेको छ । लामो समय देखि विभिन्न गीतको माध्यम बाट मनोरन्जन गराउँदै आएका रेडियो मधेश मसलाका कार्यक्रम प्रस्तोता एवम् गायक सुरज नारायाण झाको भक्ति गीत "बनल छि हम आजु गवईया" बोलको गीतमा मुलरुपले मधेश समुदायमा लोप हुन लागेको लोकभाषालाई ध्यानमा राखी गितको रचना गरिएको छ ।...
इतिहासमै नेपालमा उच्च पेट्रोलियम पदार्थको मूल्य

इतिहासमै नेपालमा उच्च पेट्रोलियम पदार्थको मूल्य

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, राैतहट । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा इन्धनको मूल्य इतिहासकै उच्च भएको छ । निगमले मंगलबार राति १२ बजेदेखि डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु तीन रुपैयाँले वृद्धि गरेको छ । यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ । मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रलिलिटर रु १२५ तथा पेट्रोल प्रतिलिटर रु १४२ पुगेको छ । पेट्रोलको मूल्य अहिलेसम्मकै बढी हो । यसअघि २०७० सालमा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु १४० पुगेको थियो । एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पुर्‍याएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकि...
स्थानीय तहकाे निर्वाचन जेठ ४ गते गर्ने देउवाकाे निर्णय

स्थानीय तहकाे निर्वाचन जेठ ४ गते गर्ने देउवाकाे निर्णय

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, राैतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ ज्येष्ठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेका छन् । सरकारले ज्येष्ठ ४ मा स्थानीय तहको चुनावको मिति तोक्ने निर्णयका साथ प्रधानमन्त्री देउवा तयारी अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । आज नेपाली काँग्रेस बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा अगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन मिति तोक्ने निर्णय प्रधानमन्त्री देउवाले गरेका हुन् । ५ जेठ २०७९ मा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले उक्त मिति भित्र चुनाव गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।...
कच्चा दुधकाे मुल्यमा बढाेत्तरी

कच्चा दुधकाे मुल्यमा बढाेत्तरी

अन्य, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, राैतहट । सरकारले कच्चा दूधमा मूल्य वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइ छ । मन्त्रालयको सिफारिसमा दूधको आधार सर्मथन मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँबाट बढाएर ५६.०४ रुपैयाँ कायम गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए । ‘किसानले फ्याटको आधारमा पाउने मूल्य बढाइएको छ, अहिलेलाई उपभोक्ता मूल्य बढेको छैन्,’ प्रवक्ता सञ्जेलले भने । यस अघि सरकारले २०७६ भदौमा दूधको मूल्य बढाएको थियो ।...
शहिद दिवस देशभर मनाइँदै

शहिद दिवस देशभर मनाइँदै

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, राैतहट । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस आज पनि देशभर मनाइँदै छ ।प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिँदै आएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको ...
पुन: बढ्याे पेट्राेलियम पदार्थकाे मुल्य

पुन: बढ्याे पेट्राेलियम पदार्थकाे मुल्य

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क । नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ। त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य १ सय डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ। मूल्यवृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ३९ रुपैयाँ, डिजेल तथा मट्टितेल समान १ सय २२ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य एक सय ६ रुपैयाँ र बाह्य हवाइ इन्धनको मूल्य ९ सय ९५ रुपैयाँ प्रतिकिलोलिटर निर्धारण गरेको निगम प्रवक्ता बिनितमणी उपाध्यायले जानकारी दिए। उनका अनुसार मूल्यवृद्धि पछि पनि निगमलाई एक अर्ब ८८ करोड रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ।...
यातायात मन्त्रालयमा सबै भन्दा बढी बेरुजी

यातायात मन्त्रालयमा सबै भन्दा बढी बेरुजी

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, रौतहट । महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक लेखापरीक्षणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा भौतिक मन्त्रालयको बेरुजु नौ अर्ब ५७ करोड २१ लाख पुगेको छ । यसैगरी स्थानीय तहको बेरुजु आठ अर्ब २६ करोड, रक्षा मन्त्रालयको एक अर्ब ७८ करोड, सहरी विकास मन्त्रालयको एक अर्ब २३ करोड र अदालतको बेरुजु ८८ करोड पुगेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । महालेखा नियन्त्रकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारको बेरुजु १२१ दशमलव ६१ प्रतिशतले वृद्धि भएको छ । आव २०७६/०७७ मा ११ अर्ब ३९ करोड ९९ लाख बेरुजु रहेकोमा २५ अर्ब २६ करोड ५० लाख रुपैयाँ पुगेको छ ।...
विनिता दोस्रोपटक आमा बन्दै

विनिता दोस्रोपटक आमा बन्दै

अन्य, मुख्य समाचार
सच तक नेपाल डेस्क । नेपाली फिल्म उद्योगकी एक समयकी चर्चित नायिका विनिता बराल दोस्रोपटक आमा बन्न लागेकी छिन् । २०७६ मा पहिलो सन्तानको रुपमा छोरीको जन्म दिएकी ‘चपली हाइट’ गर्ल बरालले आइतबार सामाजिक सञ्जालमा बेबी बम्प सहितको फोटो पोस्ट गर्दै दोस्रोपटक आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले आफ्नो गर्भमा ५ महिनाको बच्चा रहेको पनि बरालले उल्लेख गरेकी छिन् । चपली हाइटबाट एकाएक चर्चामा आएकी बरालले ३र४ वटा फिल्म असफल भएपछि अमेरिका लागेकी थिइन् । अमेरिकाको बसाइको क्रममा उनले २०७६ सालमा तिलक पौडेलसँग विवाह गरेकी थिइन् । उनी हाल गृहस्थी जीवन बिताइरहेकी छिन् ।...