देशकै ‘कान्छा’ जिल्ला सदस्य बने निवेश
सच तक नेपाल डेस्क ।
रौतहट । रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले रौतहटको ९औँ एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा निर्वाचित भएका छन् ।
यसअघि बाजुराकी समीक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य बनेकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा हुन् ।
२०५५ फागुनमा रौतहटको राजदेवी नगरपालिका–७ (साविक मुडवलवा गाविस) मा जन्मेका यादव पछिल्लो समय एमालेको राष्ट्रिय युवा संघमा सक्रिय थिए । संघको स्थायी कमिटी सदस्यको रूपमा काम गरेका उनलाई २८ देखि ३० पुससम्म पोखरामा सम्पन्न सचिवालय बैठकबाट ९औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्यको जिम्मेवारी दिइएको छ ।
सानै उमेरदेखि राजनीतिप्रति चासो राख्ने यादव २०७० सालमा आफू अध्ययनरत विद्यालयमा विभिन्न सुधारका विषय उठाएर संघर्ष गर्दा चर्चामा आएका थिए । दुई वर्षदेखि उनी ...









