राेकिएकाे बसमा आगाे लाग्यो
सचतक नेपाल,१४ भदाै, नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ स्थित मगरबुढामा रोकेर राखेको बसमा आगो लागेको छ । गएराति स्थानीय युवराज चौधरीको घरनजिकै बाटोमा पार्किङ गरेर राखेको लु.१ख ६६५४ नम्बरको बसमा आगो लागेको जिप्रका नवलपरासी पश्चिमका डिएसपी भोजराज पाण्डेयले जनाएको छ । प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले दमकल प्रयोग गरेर स्थानीयको सहयोगमा आगाे नियन्त्रणमा लिएका छन् । आगलागीबाट बसको भित्री भाग र सिसा नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पाण्डेयले बताए ।...









