Monday, August 10
Shadow

मुख्य समाचार

निर्माण व्यवसायी संघका पदाधिकारीहरुलाई मन्त्री यादवद्वारा बधाई तथा शुभकामना

निर्माण व्यवसायी संघका पदाधिकारीहरुलाई मन्त्री यादवद्वारा बधाई तथा शुभकामना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादवराैतहट। निर्माण व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई मधेश प्रदेश सरकारका कृषि,सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री माननिय याेगेन्द्र राय यादवले फुलमालासहित बधाई एवम् स्वागत गर्नुभएको छ। फाइल फोटो मंगलबार जनता समाजवादी पार्टी (जसपा) नेपालकाे पार्टी कार्यालय गाैरमा प्रथम पटक आउनुभएको संघका अध्यक्ष ई.कृष्णदेव यादव , उपाध्यक्षसहितका पदाधिकारीहरुलाई मन्त्री यादवले फुलमालासाथ सम्मान गर्दै बधाई ज्ञापन गर्नुभयाे । " निर्माण व्यवसायी संघका अध्यक्ष र पेशाले इन्जिनियर रहेका नवनिर्वाचित कृष्णदेव यादव लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुले नगर, जिल्ला र देश निर्माणमा अहम भुमिका निर्वाह गर्नुहुनेछ भन्न आशासाथ बधाई ज्ञापन गर्दछु " कृषि, सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री याेगेन्द्र राय यादवले भने । राज्यमन्त्री याेगेन्द्र राय यादव बिगतका‌ दिनमा निर्माण व्यवसायी सं...
चार महिनादेखि यातायात पुर्णरुपमा ठप्प

चार महिनादेखि यातायात पुर्णरुपमा ठप्प

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा चार महिनादेखि यातायात ठप्प हुँदा स्थानीय मारमा परेका छन्। सडक सञ्जालमा नजोडिएको चुरे भेगस्थित नारायण खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गत जेठ पहिलो सातादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। खोलामा पानी कम भएको बेला किराना पसल सञ्चालकले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्। यात्रुवाहक बस भने जेठदेखि नै पूर्ण रूपमा ठप्प भएको हो। दशैँ नजिकिएको बेला बस सञ्चालन नहुँदा नारायण खोलावासी निराश बनेका छन्। लालबन्दी नगरपालिका–१४ मा पर्ने साबिकको सिङ्गो नारायण खोला गाविसबाट पत्थरकोटसम्म आउँदा खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ। गाडी नचल्दा नारायण खोलाको माथिल्लो भेगका बासिन्दा लालबन्दी बजारसम्म आउन चाररपाँच घन्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता छ। पत्थरकोटदेखि लालबन्दीसम्म टेम्पुलगायतका अन्य सव...
सरकारले दिएनन् पैसा , चन्दा संकलनबाट खेल हुने

सरकारले दिएनन् पैसा , चन्दा संकलनबाट खेल हुने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
पोखरा । सरकारले समयमा बजेट निकासा नदिएपछि खेलाडीलाई खेल सामग्री किन्न पोखरामा चन्दा संकलन सुरु भएको छ ।सरकारसँग पटक पटक पैसा माग्दा अहिलेसम्म निकासा दिएको छैन । खेलको मिति नजिकै आइसकेको छ । त्यसका लागि असोज १ गतेबाट प्रदेश स्तरीय खेलाडीको बन्द र विशेष प्रशिक्षण हुँदै छ । तर त्यसका लागि खेल सामग्री अहिलेसम्म खरिद भएको छैन ।कास्की जिल्ला फेन्सिङ एसोसिएसनले चन्दा संकलन सुरु गरेको हो । ‘नवौँ राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकी छैन । प्रदेश खेलकुद परिषद् र मन्त्रालयबाट खेल सामाग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामाग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीहरूलाई उतारौँला भनेर बस्ने हो भने हात लागे शून्य होला जस्तो लाग्यो,’ अध्यक्ष विजय शाहीले भने, ‘मैले खेलाडीको हितका लागि लाजै नमानी सामाजिक सञ्जाल मार्फत नै हात फैलाउन बाध्य भएँ ।’प्रदेशका खेलाडीलाई प्रशिक्षणमा राख्ने बेलासम्म पनि खेल सामग्र...
राष्ट्रिय अनुसन्धान विभागकाे प्रमुखमा हुतराज थापा

राष्ट्रिय अनुसन्धान विभागकाे प्रमुखमा हुतराज थापा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । देशको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो । हुतराज थापा हाल प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि बुधबारदेखि लागू हुने गरी थापाको नियुक्ति भएको हो । थापा विभागमा वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए । उनले तीन वर्ष गुप्तचर विभागको नेतृत्व गर्नेछन् । उनीसँगै प्रमुखको प्रतिस्पर्धामा ओम जोशी थिए ।त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशनको पदमा टेकेन्द्र कार्कीको बढुवा भएको छ । अब तीन वर्षपछि जोशी र कार्कीबीच विभागको प्रमुखका लागि प्रतिस्पर्धा हुने भएको छ।एजेन्सी...
समाचार प्रति जनताको बिशवास घट्दै हावाको भरमा समाचारहरु सम्प्रेषण

समाचार प्रति जनताको बिशवास घट्दै हावाको भरमा समाचारहरु सम्प्रेषण

ताजा-अपडेट, मुख्य समाचार
सैलेश तिवारी बारा । पत्रकारिता पेशामा केहि अपराधी मनस्थित बोकेका ब्यक्तिहरूले गर्दा हालको समयमा अधिकान्स पत्रकारहरू माथि औला उठन थालिएको छ । भुमिगत रहि पत्रकारिता गर्दै आएकाहरूले केहि रकमको लोभमा परि कुनै प्रहरी माथि आरोप प्रत्यारोप लगाउदै समाचार सम्प्रेषण गरेको पाइएको हो । भादौ २१ गते बाराको बलिरामपुर मुसहर्वा सिमानाकाको समाचार प्रकाशन भएको थियो । प्रहरी हवल्दार चन्द्र भुषण मिश्राको सेटिङ्ग अवैध धन्दा फस्टाएको शिर्षक राखि समाचार सम्प्रेषण गरिएको थियो । तर प्रहरी हवल्दार मिश्राको श्रीमतीको मुटुको अपरेसन भएको कारण मिश्रा आफ्नो श्रीमतीको हेरचाह गर्नको लागि सधैं घर जान्छन् । उनि बलिरामपुर मुसहर्वा प्रहरी चौकिमा कार्यरत रहेका छन् तर घुमुवा नभइ उनि आफ्नो ड्युटीमा खटने गरेको प्रहरी चौकिका प्रमुख प्रहरी नायब निरीक्षक रोशन अधिकारी बताउछन । प्रहरी नायब निरीक्षक अधिकारीले आफ्नो ड्युटी सकाएर नजिकै ब...
मिटरब्याजी पिडितमाथि प्रहरीद्वारा लाठीचार्ज , २० जना प्रदर्शनकारी नियन्त्रणमा

मिटरब्याजी पिडितमाथि प्रहरीद्वारा लाठीचार्ज , २० जना प्रदर्शनकारी नियन्त्रणमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, काठमाण्डौं । मिटरब्याजका पीडित किसानहरुमाथि नेपाल प्रहरीले लाठी चार्ज गरेको छ । ४१ दिनदेखि माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका मिटरब्याजका पीडित किसानहरुमाथि नेपाल प्रहरीले लाठी चार्ज गरेको हो । तराईका विभिन्न जिल्लाबाट आएर कीर्तिपुरमा अस्थायी बसोबास गर्दै आएका पीडितहरुलाई प्रहरीले कीर्तिपुरमा रोकेर लाठी प्रहार गरेको हो । प्रहरीको कुटाईबाट केहि पिडित घाइते भएका छन् । प्रहरीले २० प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घेरावन्दी गरेपनि आफुहरु न्यायको लागि सरकार सामु जाने भन्दै नारावाजी गरिरहेका छन् ।...
१० वटा ठेकेदार कम्पनी डेढ वर्षसम्मका लागि कालोसूचीमा (नामावलीसहित)

१० वटा ठेकेदार कम्पनी डेढ वर्षसम्मका लागि कालोसूचीमा (नामावलीसहित)

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। सरकारले १० वटा निर्माण कम्पनीलाई डेढ वर्षसम्म कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सोमबार सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने १० वटा कम्पनी र ठेकेदारको नाम सार्वजनिक गरेको छ । कालोसूचीमा पर्नेहरूमा देवेन्द्र तेल उद्योग, वीरगन्ज उपमहानगरपालिका वडा नं १०, पर्सा सञ्चालक देवेन्द्र प्रसाद चौरसियालाई एक वर्ष, धर्यता निर्माण कम्पनी प्रा.लि.रामारोसन ३, अछाम सञ्चालक सुनिल बहादुर रावललाई एक वर्ष, किसन रक्तकाली पावर क्वालिटी जेभि काठमाडौँ सञ्चालक पशुपति उप्रेतीलाई एक वर्ष कालोसूचीमा राखेको छ । त्यसै गरी श्री माँ हर्कादेवी विल्डर्स प्रा.लि. का.म.न.पा. १०, नयाँबानेश्वर सञ्चालक प्रकाश धामीलाई एक वर्ष, प्यासिफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रा.लि. वीरगन्ज ३ पर्सा सञ्चालक प्रशान्त प्रसाद केसरीलाई एक वर्ष तीन महिना, श्री पृथ्वी कन्स्ट्रक्सन, वर्दगोरिया गा.पा. ४,...
तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको परराष्ट्रमन्त्री खड्काकाे दावी

तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको परराष्ट्रमन्त्री खड्काकाे दावी

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सिन्धुपाल्चोक । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरूले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरूसँग पनि कुरा गरिरहेको जानकारी दिए ।उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता जनाउँदै यहि दसैं भन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने जानकारी गराए ।उनले सोमबार चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै सो भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने बताए । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको नियन्त्र...
पुजारी हत्याकाण्डमा फरार प्रतिवादी २ वर्ष पछि पक्राउ

पुजारी हत्याकाण्डमा फरार प्रतिवादी २ वर्ष पछि पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव २६ भाद्र, रौतहट । चर्चित पूजारी हत्याकाण्डमा फरार रहेका ४ जनामध्ये १ जना प्रतिवादीलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका प्रहरी टोलीले खेसरहियाको पुजारी हत्याकाण्डमा फरार अभियुक्तलाई शनिबार पक्राउ गरेको छ । माधवनारायण नगरपालिका–२ खैस्रैया चौक स्थित रहेको हनुमान मन्दिरको ६५ वर्षीय पुजारी श्री राम साहलाई २०७७ साल भाद्र ३ गते राति साढे ८ बजेको समयमा अज्ञात व्यक्तिले कञ्चटमा गोली प्रहार गरी हत्या गरेको थियो । ज्यान सम्बन्धी कसूर तथा संगठित अपराध मुद्दामा फरार रहेका जिल्ला रौतहट देवाही गोनाही नगरपालिका– १ करुनिया वस्ने शेख विकाउ भन्ने मोहमद कासिम आफ्नो घर ठेगानामा लुकी छिपी बसेको अवस्थामा फेला पारी निजलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका नि–सुचना अधिकारी तथा प्रवक्ता (प्रहरी निरीक्षक) दिनेश बहादुर कुँवरले जानकारी...
चन्द्रपुरबाट १७ लाखभन्दा बढीको मालसमान प्रहरीको नियन्त्रणमा

चन्द्रपुरबाट १७ लाखभन्दा बढीको मालसमान प्रहरीको नियन्त्रणमा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, २६ भाद्र, रौतहट । प्रहरीले चन्द्रपुरमा गए राति करिब साढे ८ बजे सर्लाहीबाट काठमांडौतर्फ जाँदै गरेको नाईट बसबाट रु.१७ लाख ७५ हजार ३९५ बराबरको मालसमानहरु फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका–४ स्थित अल्पाईन होटल अगाडीबाट उक्त मालसमान बरामद गरेको हो । काठमांडौतर्फ जाँदै गरेको ना.६ ख– १२३३ नं.को नाईट बसलाई रोकी चेकजाँच गर्दा भन्सार छली तथा चोरी पैठारी गरि ल्याएका कपडा, चिनी, चप्रा र दुध लगायतका अन्य मालसामानहरु वेवारीसे अवस्थमा फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका नि– सूचना अधिकारी तथा प्रवक्ता (प्रहरी निरीक्षक) दिनेश बहादुर कुँवरले प्रेस विज्ञप्ति मार्फत जनाकारी दिएका छन् । बरामद भएका मालसमानहरु आवश्यक कारवाहीको लागि आज (आइतबार) गौर भन्सार कार्यालयमा बुझ...