देश विकासमा युवाको भूमिका महत्वपुर्ण छ–पुर्वमन्त्री राई
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २७ कात्तिक । जुनियर जेसिज लिडर्स एकेडेमीको दशौ राष्टिय सम्मेलन नेपालगञ्जमा सञ्चालन भैरहेको छ । देशभरिबाट आएका जुनियर जेसिजका लिडरहरुको सहभागिता रहेको सो सम्मेलनले वर्तमान अवस्थामा युवाको भूमिका बारे महत्वपुर्ण निर्णयहरु गर्ने आयोजकले जनाएका छन् ।
सो सम्मेलनको शुक्रवार एक भव्य समारोहका विच युवा पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले उदघाटन गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै उहाँले आजको २१ औ शताब्दीमा देश बिकासमा युवाको भुमिका नै सबैभन्दा महत्वपुर्ण रहेकोले युवाले पनि सो कुरालाई राम्ररी बुझ्न आवश्यक रहेको बताउनुभयो । सरकारले पनि युवाको लागि हरेक क्षेत्रमा लगानी गरेर उनिहरुलाई सक्षम र सबल बनाउन विभिन्न प्रकारका कार्यक्रम ल्याउनु पर्ने माग पुर्वमन्त्री राईले सो अवसरमा गर्नुभयो ।
देशभरका युवालाई नेपालगञ्जमा जम्मा गरे...









