कोरोनाले रोकिएको नेपाल भारत मैत्री बस सेवा आइतवारदेखि पुनः शुरु हुने
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १३ कात्तिक । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको नेपाल भारत मैत्री बस सेवा आइतवारबाट पुन सञ्चालनमा आउने भएको छ ।
कोरोनाको कहर कम भएकोले नेपालगञ्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ र हरिद्धारका लागि नेपाल–भारत यात्रु मैत्री बस सेवा आइतवारदेखि फेरी शुरु गरिने भेरी यातायात प्रालिले जनाएको छ ।
भेरी यातायात प्रालिले नेपाली नम्बरको बस दिल्ली, लखनउ र हरिद्धारका लागि पुनः सञ्चालनमा ल्याउँदै छ ।
भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरिले कोरोनाले गर्दा दुई वर्ष अघि सो बस सेवा बन्द गर्नु परेको जनाउँदै त्यसबाट व्यवसायीलाई ठुलो नोक्सानी भएको तर सरकारले नहेरेको गुनासो गर्नुभयो ।
अहिले कोरोना घट्दै गएर अवस्था सामान्य बन्दै गएपछि फेरी सो बस सेवा शुरु गर्न लागिएको उहाँले बताउनुभयो ।
अध्यक्ष गिरीका अनुसार लखनउका लागि हरेक दिन ८ बजे नेपालग...









