नेपालगन्ज, टाँगा र रंगिलाकी उर्मिला
राजेन्द्र नाथ
टोली नेता दीपक थियो । अहिले उसलाई नेपाली समाजले पत्रकार दीपक खरेल भनेर चिन्छ । ‘अपराध बीट’ मा काम गर्ने पत्रकार भनेर अझ कतिपय ऊसँग थर्किन्छन होला । दीपकहरु अपराध बीट भन्दा नाक खुम्च्याउँछन, हामी बीट बिहीनहरुसँग । उनीहरुको सल्लाह हुन्छ, ‘सुरक्षा बीट’ भनौ न साथी । दीपकले धेरै ठाउँ चाहार्यो । जीवन संर्घषका लागि होइन्, इमानको पत्रकारिता गर्न । पछिल्लो पटक ‘नागरिक दैनिक’, ‘नेपाल खबर’ हुँदै ‘पर्दाफास’ मा पुगेको छ । पर्दाफास अनलाइन उसले आफै सुरु गर्यो । अरुमा ‘जागिर’ खान्थ्यो । ‘सत्यसँग साक्षात्कार’ उसको नारा छ ।
०००
म उसको ‘बायोग्राफी’ लेखिरहेको छैन । ऊ बिना यो स्मरण अधुरो हुने भएकाले थोरै प्रसंग उल्लेख मात्र गरेको हु । तिहारमा म उसलाई सम्झिन्छु , त्यो भन्दा बढी नेपालगन्जलाई । त्रिभुवन चोकबाट थोरै पूर्ब हिन्दा रानितलाव आउँछ । अहिले सफासुग्घर होला । त्यो बेला निकै गन्हाउथ्यो । ...









