बाँकेबाट एमाले केन्द्रिय सदस्यमा ६ जनाको उम्मेदवारी घोषणा
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ८ मङ्सिर । यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा आयोजना गरिने नेकपा एमालेको १० औं महाअधिवेशनमा बाँके जिल्लाबाट पनि ६ जनाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेर उनिहरुले निर्वाचनको तयारी समेत शुरु गरिसकेको जनाएका छन् ।
यसरी एमालेको केन्द्रिय सदस्यमा उम्मेदवारी दिनेहरुमा हालका केन्द्रिय सदस्य मोहम्मद हारुन, पुर्व केन्द्रिय सदस्य देबराज भार, पुर्व जिल्ला अध्यक्ष सुर्य ढकाल, पुजन बिश्वकर्मा, वसन्ती अधिकारी र बिजया धिताल रहनु भएको छ ।
मुस्लिम कोटाबाट केन्द्रिय सदस्य बन्नुभएका हारुनले फेरी केन्द्रिय सदस्यमा दोहरीने सोचका साथ उम्मेदवारी दिने घोषणा गरेको बताउनु हुन्छ । पत्रकार पृष्ठभुमि भएका उहाँ हाल नेकपा एमाले बाँकेका जिल्ला सह ईन्चार्ज समेत हुनुहुन्छ ।
नेकपा एमालेको केन्द्रीय सदस्य रही सक्नु भएका देवराज भार एम...








