Friday, September 11
Shadow

Author: Jeetpur Khabar

एआईजी ज्ञवालीद्वारा जिल्ला प्रहरी परिसर ललितपुरको निरिक्षण सम्पन्न

एआईजी ज्ञवालीद्वारा जिल्ला प्रहरी परिसर ललितपुरको निरिक्षण सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) श्याम लाल ज्ञवालीद्वारा आइतबार जिल्ला प्रहरी परिसर ललितपुरको निरिक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरको विभिन्न शाखाहरुको निरीक्षण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पुर्ण संयन्त्रहरुले प्रत्यक्ष निगरानी गरि रहने हुनाले संयमित भई उत्कृष्ट ढङबाट कार्य सम्पादन गर्न र प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीलाई समान व्यवहार गर्न निर्देशन दिनुभयो । त्यस्तै, परिसर ललितपुर तथा सो मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अपराधिक गतिविधिहरू प्रति कठोर भई कानूनी दायरामा ल्याउनुका साथै प्रहरी संगठन प्रति बफादर रहि कानून सम्मत ढङ्गबाट निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत निर्देशन दिनु भएको थियो ।...
गाेली प्रकरण: गढीमाईबाट १६ जना हिरासतमा

गाेली प्रकरण: गढीमाईबाट १६ जना हिरासतमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । गाेली चलाएको प्रकरणमा प्रहरीले रौतहटको गढिमाईबाट १६ जनालाई हिरासतमा लिएको छ ।शनिबार बाटो विस्तार गर्ने क्रममा गढीमाई नगरपालिका–८ धोबिनियामा बिवाद हुँदा गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो । मृतक सो घटनामा संलग्न भएको आरोपमा १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले सचतक नेपाललाई टेलिफोन सम्पर्क मार्फत‌ जानकारी दिनुभयो ।उनका अनुसार घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायत पक्राउ परेका छन् ।उक्त घटनामा निरन्जन राय यादव, प्रताप यादवसहित ४ जना घाइते भएका छन् । एकजनाको मृत्यु र चारजना घाइते हुनेगरी भएको गोली काण्डपछि धोविनियामा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।धोबिन...
खैराे हिराेइन लागूऔषधसहित ३ जना पक्राउ

खैराे हिराेइन लागूऔषधसहित ३ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
मकवानपुर- प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध खैरो हेरोइन सहित ३ जनालाई हेटौंडा उपमहानगरपालिका- १० न्यूरेनीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।मकवानपुर प्रहरीका अनुसार हेटौंडा १० का ४१ वर्षीय होमबहादुर थापा मगर, २७ वर्षीय अनिल मोक्तान र हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय रोहित राना मगरलाई ३ सय ५० मिलिग्राम खैरो हेरोइन सहित नियन्त्रणमा लिइएको हो ।लागूऔषध किनबेच भइरहेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले स्थानीय होम बहादुरको घरबाट उक्त परिमाणको धुलो खैरो हेरोइनसहित ३ जनालाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
गाैरबाट छुटेकाे बस चितवनमा जलेर नष्ट

गाैरबाट छुटेकाे बस चितवनमा जलेर नष्ट

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - बर्षाै देखि चलिरहेको महान्ता एसी रात्रीकालिन सेवा बसमा गएराति आगजनी भएको छ।‌नयाँ वर्ष २०८० काे प्रथम दिन हिजाे शुक्रबार काठमाडौंका लागि छुटेकाे बसमा आफै आगजनी भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । रौतहट जिल्लाको सदरमुकाम गौर स्थित गढवामा अवस्थित बसपार्कबाट बेलुकी करिब ७ बजे काठमाण्डौका लागि छुटेको गाडी मध्य बाटाे चितवनमा जलेर नष्ट भएको हाे ।प्रहरीका अनुसार जानमानकाे छती नभएपनि उक्त बसमा सवार यात्रुहरुकाे सर-समान समेत बससंगै जलेर नष्ट भएको छ ‌ । आगजनी कसरी भएको हाे भन्ने बारे विस्तृत विवरण आउन बाँकी छ।...
राैतहटका वरिष्ठ पत्रकार शिवपुरी प्रबल जनसेवा श्रीबाट बिभूषित

राैतहटका वरिष्ठ पत्रकार शिवपुरी प्रबल जनसेवा श्रीबाट बिभूषित

ताजा-अपडेट, मुख्य समाचार
राैतहट । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कान्तिपुरकर्मी शिव पुरी सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा आज राष्ट्रपतिबाट विभूषित भएका छन् । उनी रौतहट जिल्लामा रहेर पत्रकारिताको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका छन् ।नेपाल राष्ट्रको गौरव एबम् नेपाली जनताको हित अभिवृद्धिमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको उच्च कदर गर्दै पत्रकार पुरी सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा विभूषित भएका हुन् । संविधान दिवसको अवसरमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार पूरी सहित ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्न सिफारिस भए अनुसार २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिबाट उक्त घोषणा भएको थियो ।सोही अनुसार आज २०८० को बैशाख एक गते का दिन सुप्रबल जनसेवा श्री (पञ्चम श्रेणी) पदकद्वारा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट विभूषित दिईएक...
१३ जना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

१३ जना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

ताजा-अपडेट, मुख्य समाचार
काठ्माण्डाैं - नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।गृह मन्त्रालयले समितिको सिफारिसअनुसार बढुवा सिफारिस सूची प्रकाशित गरेको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।बढुवाका लागि सिफारिस भएका एसएसपीहरुमा पहिलो नम्बरमा कुवेर कडायत, केदार ढकाल, विष्णु बहादुर केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य रहेका छन् । यस्तै सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकास राज खनालको नाम पनि सिफारिस...
सुचना माँग गर्ने क्रममा गरुडा नगरपालिकामा झपड, १६ राउन्ड गोली फायर

सुचना माँग गर्ने क्रममा गरुडा नगरपालिकामा झपड, १६ राउन्ड गोली फायर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - केही साताअघि स्थानीय युवा नेता दिपक यादवले सुचानाकाे माँग गर्दै अन्सन गरेका थिए। सुचना पाउने सहमति पछि यादव अन्सन ताेडेका थिए । उक्त सुचना माँग गर्न दिपक यादव समेतका समुह गरुडा नगरपालिका पुगेका थिए । दिन मिल्ने सुचना आफु उपलब्ध गराउने र बाँकी गाेप्य सुचना दिन नमिल्ने भन्दै मेयर कन्थमुनि जयसवालले दिपक यादव समुहलाई भने जसपछि त्यहाँकाेे अवस्था झपडमा परिणत भयो । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोलि समेत चलाउनु परेको हाे ‌। प्रहरीकाे गाेली लागेर गरुडा नगरपालिकाको वार्ड नं.५ अन्तर्गत पर्ने लक्ष्मिपुर निवासी करिव २२ बर्षिय गजेन्द्र प्रसाद यादब गम्भीर घाईते भएका छन् । घाईते यादवलाई स्थानीय हेल्थ लैन्ड हस्पिटलमा उपचार सम्भव नहुदाँ थप उपचारको लागि बिरगंज पठाईएको प्रहरीले जनाएको छ। घाइते स्थानीय युवा नेता दिपक यादब बुधबार नगरपालिका बाट विभिन्न सुचना माग गर्न गएका थिए। यादवले मागे...
ठुलाबडाकै सहयोगमा रौतहटमा दिनँहु तस्करी

ठुलाबडाकै सहयोगमा रौतहटमा दिनँहु तस्करी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, रौतहट – नयाँ सरकार बनेसँगै मुलुकमा सुशासन, विकास र समृद्धिको आशा गरिए पनि त्यो आशा क्रमशः निराशामा परिणत हुँदै गइरहेको छ । निर्वाचन सम्पन भएर नयाँ सरकार बनेको १ सय दिन बितिसक्दासमेत सरकारले अझै पूर्णता पाउन सकेको छैन । सय दिनलाई सरकारको मधुमासको अवधिका रुपमा लिने गरिन्छ र सोही अवधिका आधारमा समीक्षा गर्ने गरिन्छ । बडो दुःखका साथ भन्नुपर्छ, सरकारको सय दिन अत्यन्तै निराशाजनक देखिन्छ । यस अवधिमा सरकारले आमजनताले राहत पाउने खालका र जनजीविकाका पक्षमा एउटै पनि कार्यक्रम ल्याउन सकेको देखिएन । उल्टै जताततै भ्रष्टाचार र अनियमितताका विषयहरु आइरहेका छन् । अझै पछिल्लो समयमा सीमा नाकाबाट तस्करी हुने क्रम बढेका विषयहरु प्रि सार्वजनिक भइरहेका छन् । तस्करीमा रौतहट जिल्ला पनि कहाँ पछाडी छुटने छ र ? रौतहट मधेश प्रदेशको एक सिमावर्ती जिल्ला हो । भारतसँग जोडिएको गौर बैरगिनियाँ सिमा नाकामा तस्किरी भ...
चक्रे मिलनका सहयोगी गणेश बाेगटी पक्राउ

चक्रे मिलनका सहयोगी गणेश बाेगटी पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। गुण्डा नाइके चक्रे मिलनका सहयोगी (बडी गार्ड) गणेश बोगटी पक्राउ परेका छन्। हतियारसहित चक्रे मिलनको सुरक्षामा खटिएको देखिएपछि बाँके प्रहरीले उनलाई चिसापानीबाट साँझ नियन्त्रणमा लिएको जनाएको छ।टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनको खोजी गरिरहेको जनाएको थियो। त्यसको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। ‘राति नै पक्राउ गरिहेको छ अनुसन्धान हुन बाँकी रहेको छ’, जिल्ला प्रहरी बाँकेका एसपी सन्तोषसिंह राठौरले भने।सोमबार उनी चक्रे मिलनको पछाडि हतियार बोकेर सामाजिक सञ्जालमा देखापरेका थिए। भिडिओमा चक्रेसँगै अन्य १०/१२ जना युवक देखिएपनि बोगटीले हतियार सहित सुरक्षा दिएका थिए।...
बिसुनपुर्वा मानपुरमा आगलागी, करिब १५ घर पुर्णरुपमा नष्ट

बिसुनपुर्वा मानपुरमा आगलागी, करिब १५ घर पुर्णरुपमा नष्ट

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्लाकाे माधवनारायण नगरपालिका एक गाउँ आगलागी हुँदा १४ वटा कच्ची घर जलेर नष्ट भएको छ । आइतबार करिब साढे दुई बजेको समयमा जिल्ला रौतहट माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपुर्वा मानपुर टोलमा आगलागिबाट १४ वटा कच्ची घर पुर्ण रुपमा, १ वटा घर आंशिक रुपमा जली क्षति भएको छ ‌। उक्त आगलागिमा २ वटा बख्रा र १ वटा खसी जली मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता उमाशंकर यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयो ‌। साेही आगलागीमा परी १ जना वालिकालाई समेत आगोको रापले हातमा पोली सामान्य घाईते भएको प्रवक्ता यादव जनाएका हुन् । आगलागि नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकल निभाउने कार्य भईरहेको विज्ञप्तिमा उल्लेख छ । आगलागी बारे थप विवरण आउन वाकी रहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।...