
बारा : बाराको जीतपुरमा खशीको मासु भनेर बाख्राको मासु बेचेको आरोपमा पक्राउ परेका मिश्री देवान प्रहरीको हिरासत बाट रिहा भएको छ ।शुक्रवार बेलुका जीतपुर स्थित मुस्कान सप्लयार्स एन्ड फ्रेस हाउसमा प्रहरीले चेक जांच गर्दा खशीको मासु भनेर बाख्रा मासु बेचिरहेको भेटिएको थियो।
बाख्राको मासु बेचेर ग्राहकलाई ठगिरहेको भन्दै ईलाका प्रहरी कार्यालय जीतपुरले मुस्कान सप्लयार्सका संचालक मिश्री देवानलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सिमरामा बुझाएको थियो ।डिएसपिलाई मोटो रकम दिएर देवान बाहिर आएको उनले आफै बाटोमा हुहल्ला गरेर भन्दै गरेको भेटिएको छ।
बिना अनुसन्धान गरिनै यसरी प्रहरीले दोषिलाई कार्वाही गर्नुको सट्टा पैसा लिएर दोषिको संरक्षण गर्नुले प्रहरी माथी आमनागरिक जुन बिश्वास छ त्यो घट्दै गईरहेको छ।देवान प्रहरी हिरासत बाट बाहिरिए संगै जीतपुर आएर सडकमा आफुले भोलि देखि पुनः खशीको मासु भनेर बाख्राको मासु बेच्ने भनेर पुरै जीतपुरबासिलाई ललकारेको छ।
