Monday, June 1
Shadow

डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १३ जनाको पदस्थापन गरेको छ ।

पदस्थापन अनुसार डीआईजी चन्द्रकुवेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको प्रहरी महाशाखा प्रमुख, मधेश प्रदेश प्रहरी प्रमुखमा जनक भट्टराई, कोशी प्रदेश प्रहरी प्रमुखमा राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा भरतबहादुर बोहराको पदस्थापन भएको छ ।

यस्तै डीआईजीहरु बिष्णु कुमार के.सी.को नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय, रबिन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान् महाराजगंज, लालमणि आचार्यको काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं, सुरेन्द्र् प्रसाद मैनालीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडौ, अर्जुन चन्द ठकुरीको साइबर ब्यूरो भोटाहिटि काठमाडौ, यज्ञ बिनोद पोखरेलको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौ र विकाश राज खनालको नेपाल प्रहरी प्रधान कार्यालय कार्य बिभाग निर्देशनालय नक्साल काठमाडौमा पदस्थापन भएको छ ।

बढुवा भएका एसएसपीहरुकाे २९ चैत्र २०७९ मा सिफारिस भएर ६ बैशाखमा बढुवा नियुक्ति भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *