Thursday, April 16
Shadow

आइओएम विश्वविद्यालयका बिधार्थी र प्रहरीबीच झडप

काठमाडौं – काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थी र प्रहरीबीच झडप भएको छ।मंगलबार उनीहरूबीच झडप भएको हो।

आइओएम सुधारको माग राख्दै विद्यार्थीहरू आन्दोलित छन्। उनीहरूले तालाबन्दीसमेत गरेका थिए। प्रहरीले ताला फुटाइदिएपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो।

प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिनुअघि प्रहरीले विद्यार्थीमाथि लाठीचार्जसमेत गरेको थियो।

आइओएमभित्र प्रहरी प्रवेश गरी विद्यार्थीमाथि लाठीचार्ज गरेकोमा विद्यार्थीहरूले विरोध गरेका छन्। उनीहरूले प्रहरीविरूद्ध नाराबाजीसमेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *