Monday, June 1
Shadow

कैलाली: डुबेर एक बालककाे ज्यान गयो

सचतक नेपाल,
२१ श्रावन, कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ मा आज एक बालकको पानीमा डुबेर ज्यान गएको छ।

पानीमा डुबेर ज्यान जानेमा टीकापुर नगरपालिका–१ एकतानगर शिविरका लालसिँह परियारका छोरा वर्ष १२ का दिनेश परियार रहेकाे इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

उनी साथीहरुसँग स्थानीय जमरा कुलोमा नुहाउने क्रममा दिउँसो १२ बजे डुबेर बेपत्ता भएका थिए। उनलाई प्रहरी र स्थानीयले करिब १ घण्टापछि पानीमा डुबेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए।

पानीमा डुबेको अवस्थामा फेला परेका परियारलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएको थियो। उनलाई टीकापुर अस्पतालका चिकित्सकले मृत घोषित गरेको डिएसपी शाहीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *