Friday, September 11
Shadow

तीर्थयात्री बोकेको बस उत्तराखण्डमा दुर्घटनाग्रस्त, २६ जनाको मृत्यु

सच तक नेपाल डेस्क,
२३ जेठ, एजेन्सी । भारतको उत्तराखण्डको उत्तरकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।

आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके–०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार सबै यात्रु चारधाम यात्रामा जाँदै थिए ।

घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *