Thursday, July 30
Shadow

पुन बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

सचतक नेपाल डेस्क,
२३ चैत, राैतहट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो।

योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर १४३ रुपैयाँ तोकिएको छ।

त्यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले बढाएर एक हजार ६ सय रुपैयाँ पुगेको छ।

निगमका अनुसार आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १५६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले बढेर १ हजार ५ सय ४५ अमेरिकी डलर पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ महँगो हुँदा निगमले मासिक अर्बौं रुपैयाँ घाटा बेहोर्दै आएको भन्दै निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची जारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *