Saturday, September 12
Shadow

राम नगर २ को अध्यक्षमा राम बिनोद यादवको दावी

 

सचतक नेपाल चैत्र १४

स्थानीय तहको चुनावको मिति नजिदिकै गर्दा चुनावी सरगर्मी बढेको छ । बिभिन्न दलका बिभिन्न नेता,कार्यकर्ता चुनावमा उम्मेदबार बन्ने होडबाजीमा लागेका छन । व्यवस्था परिवर्तन संगै युवापुस्ताले समेत राजनीतिमा चासो देखाउन थालेका छन ।

बढ्दो चुनावी सरगर्मी र उम्मेदबारको भिँडमा राम नगर गाउँपालिका – २ ( धुर्वा ) बस्ने राम बिनोद यादवले नेकपा माओवादी केन्द्रबाट वडा नम्बर २ का अध्यक्ष पदमा उमेदवारी दिने दावी गरेका छन ।

वडाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका  शान्ती सु- ब्यबस्था समाजमा सद्भाव कायम राख्न र जनताको बिकास कार्यको अनुभव भएको यादवले शिक्षा,स्वास्थ्य,रोजगारी,पुर्वाधार विकाशमा आफ्नो ध्यान केन्द्रित रहेको बताउँछन ।नेकपा माओवादी पार्टीको काममा निरन्तर सक्रिय भएको हिसावले समेत पार्टीले मुल्याङकन गरेर आफुलाई टिकट दिने दावी समेत गरेका छन् ।

पछिल्लो ५ बर्षमा २ नम्बर वडामा बिकाशको कामले गति नलिँदा वडाबासीले सास्ती खेप्नु परेको जनगुनासो बढेपछि आफुले केही गरेर देखाउने अठोटका साथ वडाको नेतृत्व लिने सोच जागेको यादवको धारणा छ । पार्टी नेतृत्वले टिकट दिनेमा उनि विश्वस्त छन् भने वडाका समस्या पहिल्याउँदै चुनावी तयारीमा समेत जुटिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *