Saturday, September 12
Shadow

विहेकाे ४ वर्षपछि आमा बनिन साेनम

सच तक नेपाल डेस्क,
बलिउड अभिनेत्री सोनम कपुर विवाहको चार वर्षपछि आमा बन्न लागेकी छिन्। सोनमले यो खुसीको खबर आफ्नो सामाजिक सन्जालमार्फत एउटा तस्बिरका साथ सेयर गरेकी छिन्। सार्वजनिक भएको तस्बिरमा सोनम कपुरको बेबी बम्प पनि देखिएको छ।

सोमबार आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आमा बन्ने खबर शेयर गर्दै सोनमले खुसी व्यक्त गरेकी छिन्।

तस्बिरमा पति आनन्द आहुजा सोनमको बेबी बम्पसँग पोज दिइरहेका छन्। तस्बिर सार्वजनिक हुनेबित्तिकै फ्यान र साथीहरूले जोडीलाई बधाई दिइरहेका छन्।

सोनम कपुरले सन् २०१८ मा व्यापारी आनन्द आहुजासँग विवाह गरेकी थिइन्। विवाहपछि सोनम कपुर फिल्मबाट टाढा पारिवारिक जीवनको आनन्द लिइरहेकी छिन्। सोनम पछिल्लो पटक द जोया फ्याक्टर फिल्ममा देखिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *