Monday, June 1
Shadow

वडा अध्यक्ष सहित ३ जना बिरुद्द मुद्दा दायर , उपभोक्ता समितिबाट डेढ लाख घुस लिएको आरोप

 

सचतक नेपाल । पौष १६ , सर्लाहीको इश्वरपुर नगरपालिका-११ का वडा अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

उपभोक्ता समितिबाट डेढ लाख घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष राम दुलार साह र वडा सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

वडाध्यक्षले साहले ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत घुस लिन वडा सदस्यहरूलाई निर्देशन दिएको खुलेको अख्तियारले जनाएको छ।

अध्यक्ष साहको निर्देशनमा उक्त रकम उमेश रायले लिएर सोनेलाललाई राख्न दिएको खुलेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *