
सचतक नेपाल । पौष १४ , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालि जनताहरुको सुख, शान्ति र अमल चैनका लागि राजतन्त्रको आवश्यक्ता रहेको बताएका हुन ।
तत्कालीन राजा वीरेन्द्रको ७७औं जन्म जयन्तीको अवसरमा राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषद् द्वारा आयोजित विचार गोष्ठीमा आफ्नो बक्तब्य राख्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्र निर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।
अध्यक्ष लिङ्देनले भारतद्वारा मिचिएको नेपाली भु भाग (कलापानी , लिपुआधुरा)लाई उदृत गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औंल्याए।
उनले प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रुपमा आफ्नो जीवन समर्पण गरेको उल्लेख उल्लेख समेत गरे।
