
सच तक नेपाल डेस्क, राैतहट । किसानहरूको समर्थनमा आज जनमत पार्टीले जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका छन् । समयमा मलखाद्य र बिउ बिजन उपलब्ध गराउन जनमत पार्टीले आज प्रदर्शन गरेका हुन् ।
जनमत पार्टी राैतहटले मंगलवार एक विज्ञप्ति जारी गर्दै जिल्ला बन्दकाे समेत घाेषणा गरेका हुन् ।
दुई चरण गरि आन्दाेलन गर्ने घाेषणा गरिएकाे विज्ञप्तिमा उल्लेख छ । पहिलाे चरण अन्तर्गत आज (मंगलवार) जिल्लाकाे गाैर, गरुडा,बंकुल र चन्द्रपुरमा मशाल जुलुस गर्ने लेखिएकाे हाे ।
साेही अनुरुप मंगलवार जनमत पार्टीले जिल्लाकाे सदरमुकाम गाैर स्थित बिपि चाेकमा मशाल जुलुसकाे प्रदर्शन गरेका छन् ।

सरकारले दमन गरेको भन्दै बुधवार जनमत पार्टीले रौतहट जिल्ला बन्दको घोषणा गरेको छ । आज जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।

हाम्रो देश नेपाल एक कृषि प्रधान देश हो जहाँ मधेशका ९० प्रतिशत भन्दा बढी जनता कुनै न कुनै रूपमा कृषि पेसा संग जोडिएका छन् । तर कृषि प्रधान देश भएर पनि सरकारले किसानकाे पिडामा अझै मलहम लाउन सकेेकाे छैन् ।
सिरहा देखि सुरु भएको किसानहरूको जायज आन्दोलन प्रति एक्यवद्धता प्रकट गर्दै जनमत पार्टी रौतहट आपना मागहरु अगाडी सार्दै, समयमा मलखाद र बिउ बिजन को व्यवस्था गर्न लगायतका माँगहरु पुरा गर्ने आज प्रदर्शन गरेका हुन् ।
पार्टीले आज मंगलबार जिल्लाको मुख्य बजारहरु गौर, गरुडा, बंकुल, चपुर लगायतका ठाउँहरुमा बेलुकी मसाल जुलुस प्रदर्शन गरेका हुन् भने बुधबार खाना–नास्ता, औषधि पसल र अति आवश्यक सवारी साधन वाहेक रौतहट जिल्ला भरि आम हड्ताल तथा सदरमुकाम गौरमा किसान जनप्रदर्शन गर्ने जनाएको छ ।

गाैरकाे मशाल जुलुसमा पार्टीका केन्द्रिय सदस्य एवंक प्रशासन विभागका प्रमुख ललित मलिक सानूले , युवा जनमत संघ राैतहटका अध्यक्ष रणवीर ज्वाला, समाज कल्याण परिषदका अध्यक्ष बिरेन्द्र साह लगायत अन्य जनप्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे ।
