
सच तक नेपाल डेस्क । प्रदेशकाे २ काे नामाकरण अझै हुन सकेकाे छन् । प्रदेश २ काे नाम मधेश नभएकाे खण्डमा राजधानी जनकपुरधाम नहुने प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बताएका छन् ।
शुक्रवार प्रदेशसभा बैठकमा मन्तव्य राख्दै मन्त्री यादवले प्रदेशकाे नाम मधेस नभए राजधानी पनि जनकपुरधाम नहुने बताएका छन् ।
प्रदेशको नाम र राजधानी राजनीतिक प्रश्न रहेको भन्दै राज्यमन्त्री यादवले भने, ‘राजनीतिक प्रश्नमा राजा जनक र माता जानकीसँग जोडेर बहस गरे कहिल्यै प्रदेशको नाम र स्थायी राजधानी दिन सक्दैनौँ। स्थायी राजधानी र नामको जब चर्चा हुन्छ, अनि जनकपुरधामलाई सहर्ष स्वीकार गर्ने, भोजपुरावासी, बज्जिकावासीको आत्मामा चोट नपुगोस्, यो मेरो मिथिलावासीसँग आग्रह हो।’
राज्यमन्त्री यादवले नाम र राजधानी मिथिलाकै पक्षमा नहुने बताउँदै भने, ‘यदी तपाई चाहनुहुन्छ कि चित पनि मेरो र पट्टपनि मेरो हाेस् भने याे असम्भव हाे । हामी पनि स्थायी राजधानीलाई भन्छौँ भोजपुरा तर्फ लगौँ, यदी मधेस तपाईलाई स्वीकार छैन भने जनकपुरधामपनि हामीलाई स्वीकार छैन।’
हामी सँग दुई बिकल्प रहेका छन् , कि प्रदेशकाे नाम मधेश राख्नुस् अथवा राजधानी जनकपुरधाम नराख्नुस भनेर उनले प्रष्ट पारे ।
