
गाैर । भारत-नेपाल जाेड्ने गाैर भन्सारमा खटिएका प्रहरी चेकिङ टोलीले श्राेत नखुलेकाे रकमसहित एक जनालाई पक्राउ गरेकाे छ ।
राैतहटकाे गाैर नगरपालिका-१ स्थित भन्सारमा प्रहरीले चेक जाचँ गर्ने क्रममा भारतको बैरगनियाबाट गौर तर्फ आउदै गरेको बिआर.३० एबी – २६५७ नम्बरको मोटरसाईकल भित्र लुकाई राखेको अवस्थामा श्रोत नखुलेको नेपाली नगद फेला पारेकाे छ । प्रहरीले माेटरसाइकलकाे एयर भिल्टर भित्र श्राेत नखुलेकाे ४ लाख ५० हजार रुपैँया फेला परेको हाे ।
पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सितामढी बैरगिनिया बस्ने सिकिन्दर पासवानको छोरा अन्दाजी १९ बर्षीय बिकाश कुमार पासवान रहेकाे जिल्ला प्रशासन कार्यालय राैतहटले जानकारी दिएका छन् । पक्राउ परेका पासवानलाई सो रकम सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आज गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएकाे छ ।
