Tuesday, July 28
Shadow

नेकपा एमालेको केन्द्रीय कमिटीको बठैक बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

आज बिहान ११ बजेपछि जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा बैठक सुरु हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनको समीक्षा गर्नुका साथै पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन तथा प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन गर्ने बैठकको कार्यसूची छ ।

एमालेको विधान अनुसार पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय हुनेछ ।

साभार : एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *