Thursday, April 16
Shadow

गौर अस्पतालमा करोडौँको उपकरण प्रयोगविहिन

रौतहट । गौर अस्पतालमा रहेको आइसियु तथा भेन्टिलेटर दक्ष जनशक्तिको अभाव कारण प्रयोगमा आउन सकेका छैनन् । रौतहटमा पनि कोरोनाको दोस्रो लहरमा भेन्टिलेटरको अभावमा स्थानियले ज्यान गुमाइरहदा पनि संचालनमा आएन् ।

कोरोना संक्रमणको कारण गाह्रो भएका बिरामीको लागि जिल्लामा उपचारको व्यवस्था नहुदा बिरगंजका विभिन्न अस्पतालहरुमा रेफर गर्नुपर्ने वाध्यता रहेको छ । करिब ८ महिना अगाडि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको २ करोड रकममध्ये १ करोड ८१ लाख खर्चिएर तयार गरिएको भेन्टिलर र आइसियु जिल्लामा एकपछि अर्को संक्रमितहरुले मृत्यु वरण गरिरहँदा समेत सञ्चालनमा आउन सकेन ।

गौर अस्पतालको माथिल्लो तल्लामा १० बेडको आइसीयू सँगै ४ वटा भेन्टीलेटर मेसिन छन । हेर्दा सबै सामान नयाँ छन तर दूर्भाग्य, कोरोनाको संक्रमण बढेर बिरामी मृत्युको मुखमा पुग्दा समेत यी मेशिनहरु कसैको ज्यान बचाउन प्रयोगमा आउन सकेन ।

अस्पतालका अनुसार भेन्टिलेटर र आइसियु संचालन गर्न आवश्यक एनेस्थेसिष्ट , पारामेडिक्स र फिजियसन तथा नर्सिङ्ग स्टाफहरु लगायतका जनशक्ति नहुँदा विपत्मा ज्यान जोगाउन ती मेसिन र वेडहरु प्रयोग हुन नसकेको हो ।

कोरोनाको दोस्रो लहरमा गौर अस्पतालले भेन्टिलेटर तथा आइसियु संचालन गर्न नसक्दा त्यहाँबाट रेफर गरिएका अधिकासं संक्रमितहरुले मृत्यु वरण गर्नुपरेको तितो यर्थाथ रहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय तथा संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्ष जनशक्ति पठाउन चासो नदेखाउँदा गौर अस्पतालमा १० बेडको आइसीयू, ४ भेन्टीलेटर तथा १५ वटा एचडियू बेड संचालन हुन सकेको छैन ।

दोस्रो लहरको कोरोना उच्च हुँदा अस्पातलले संचालन गरेको अस्थायी कोभिड वार्डमा उपचारत संक्रमितहरुलाई अक्सिजनको साहारामा मात्र उपचार गरेको थियो । राज्यको करौडो लगानि परेको स्वास्थ्य सामाग्री जनताको ज्यान जोगाउन प्रयोग हुन नसक्नु निकै दुःखद् र यसलाई जसरी भएपनि संचालनमा ल्याउनुपर्ने स्थानियको माग छ ।

त्यतिमात्र होइन कोरोना संक्रमितहरुलाई अक्सिजनको अभाव हुन नदिन भनेर गत असार सो अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट पनि संचालनमा आउन सकेको छैन् । करिब ५० लाख खर्चेर जडान गरिएको अक्सिजन प्लान्ट पनि विभिन्न प्राविधिक समस्याले गर्दा अक्सिजन उत्पादन गर्न सकेको छैन् ।

अस्पतालमै अक्सिजन उत्पादन गरेर पाइपलाइनद्धारा वेडमै अक्सिजन पु¥याउने भनेर जडान गरिएको सो प्लान्ट पनि कोरोनाको तेस्रो लहरको सम्भावना बढिरहँदा पनि संचालनमा आउन नसक्नाले भविष्यमा फेरि अक्सिजनको अभाव भएमा के गर्ने भन्ने प्रश्न उठन् थालेको छ ।

कोरोनाको दोस्रो लहरमा रौतहटका १४ सय ४४ जना कोरोना भाइरसबाट संंक्रमित हुँदा १ सय १९ जनाले ज्यान गुमाए । जसमध्ये अधिकांसले समयमै उपचार , अक्सिजन , आइसियु, भेन्टिलेटरको अभावमा ज्यान गुमाएका थिए । अस्पतालमा रहेको अक्सिजन प्लान्ट , आइसियु, भेन्टिलेटर संचालन गर्न भनेर तत्कानि अस्पताल व्यवस्थापन समितिले केन्द्र, प्रदेश सरकारका हरेक निकायमा पत्रचार र हारगुहार गर्दा पनि आवश्यक दक्ष जनशक्तिको व्यवस्था नहुँदा संचालन गर्न नसकिएको तितो गुनासो गर्छन् ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देशमा प्रवेश गरेको सबैमा अवगत नै छ । तर रौतहट जिल्लाको सदरमुकाममा अवस्थित गौर अस्तपाल आफै दक्ष जनशक्तिको सास्ती खेपी रहेको अवस्था छ । तेस्रो लहर आउँदा समेत कागजमा देखाइएको करोडौँको आइसियु, भेन्टिलेटर र अक्सिजन प्लान्ट मियुजिम झै पुतलाका रुपमा मात्र राखिएको छ ।

साभार : द नेपाल मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *