Monday, July 27
Shadow

स्वास्थ्य प्रमुख विशेषज्ञमा भेरी अस्पतालका डा. यादवसहित तीन जनाको बढुवा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तह प्रमुख विशेषज्ञमा भेरी अस्पतालका वरिष्ठ सर्जन डा. श्याम सुन्दर यादव लगायत तीन जना चिकित्सक बढुवा भएका छन्। विहिबार बसेको मन्त्री परिषद बैठकले डा यादव, डा भिमसिंह टिंकरी र डा.गुणराज लोहनीको बढुवा गरेको छ।
गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो।
सिफारिस समितिले पहिलो नम्बरमा नेपालगञ्जस्थित भेरी अस्पतालका डा श्यामसुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ, चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा गुणराज लोहनीको नाम १२औं तहका लागि सिफारिस गरेको थियो।
मन्त्रिपरिषदले पाँचजनामध्ये तीन जनालाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो। १२औं तहका रिक्त तीन वटा पदका लागि २१ जनाले निवेदन दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *