
बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा रहेको जीतपुर स्वास्थ्य चौकी एवं बर्थिङ्ग सेन्टर लथालिङ्ग बन्दै गएको छ ।जीतपुर स्वास्थ्य चौकी लथालिङ्ग बन्दै गए पछि सेवाग्राहीहरु मार्कामा परेका छन् ।उक्त स्वास्थ्य चौकीमा लामो समय देखि चिनो रोग चेक गर्नको लागि आवश्यक पर्ने केमिकलको अभाव रहेको छ ।
दैनिक चिनी रोग चेक गराउन आउने सेवाग्राहीले स्वास्थ्य चौकीमा केमिकलको अभाव भए पछि बिना चेक गराई घर फर्किने गरेको छ ।जीतपुर स्वास्थ्य चौकी एवं बर्थिङ्ग सेन्टर लथालिङ्ग बन्दै गएको समाचार बिभिन्न मिडियामा प्रकाशन भए पनि जीतपुरसिमरा उपमहानगरपालिकाको ध्यान केन्द्रित हुन् सकको छैन ।जनताको अमुल्य मत पाएर जनप्रतिनिधि बनेकाहरु अहिले आफुले चुनावको समयमा गरेको प्रतिबद्धता बाट पछि हट्दै गएको कारण नागरिकहरु समस्यामा पर्ने गरेको छ ।
केहि समय पहिला जीतपुर स्वास्थ्य चौकी एवं बर्थिङ्ग सेन्टरको बेथितिको बारेमा बोल्ने कर्मचारी संग नै उपमहानगरले स्पष्टिकरन मांग गरे पछि अहिले जीतपुर स्वास्थ्य चौकीको बेथिति बारे कमर्चारी समेत बोल्न छाडेका छन् ।
जीतपुर स्वास्थ्य चौकीमा केहि केमिकल आवश्यक भएको कुरा आफुले बारम्बार उपमहानगरको स्वास्थ्य शाखालाई जानकारी गराउदा समेत उपमहानगरले अहिले सम्म पूर्ति गर्न न सकेको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले बताए ।
