Monday, March 2
Shadow

मैले देखेको यूवा पुस्ता…

निलु झा,
मैले वा हामीले देखिरहेका हेरिरहेका किशोर किशोरी तथा यूवाहरुको बारेमा आज केहि लेख्ने आँट गरेको छु ।हामी र अहिलेको पुस्तामा कतिको फराकिलोपन आईसकेको रहेछ भन्ने कुरा अनुभव भैरहेको छ ।हामी दश कक्षा पढीसकेपछि पनि मोबाईल हेर्न पाएका थिएनौ । भने अहिलेको बच्चाहरु शुरुदेखि नै मोबाईल भलाउ पोख्त भैसकेका छन् ।

हामी पढने बेलामा शिक्षकले कहिले काहि गल्ति नगर्दा पनि भूलवस सजाय दिदाँ पनि चुईक्क नबोल्ने हामी तर अहिलेको किशोर किशोरीहरुलाई गल्ति गर्दा पनि कतिपय शीक्षकको सजाय गर्ने आँट आउदैन ।यता शिक्षक पढाई रहेका हुन्छन भने अर्कोतिर केहि उत्शृख्ल बिधार्थिहरुले टिकटक बनाई रहेको समेत सूनेको छु ।हाल म घर बाट ऋफिस जाने क्रममा केहि किशोरीहरुलाई हेर्छु जो प्राय अरुभन्दा एकलिएर एउटा केटासंग कुरा गरिरहेको हुन्छ भने केहिको कानमा मोबाईल फोन हुन्छ त्यो फोनको कुरा गर्न लाई बाटोमै उभिएर कतिक बेर कुरा हुन्छ ठेगान छैन म पर सम्म पूग्दा समेत त्यो किशोरी त्यहिको त्यही देखे कति पटक तर मलाई फेरि अनुहार याद हुदैन मनमा अनेक थरी कुराहरु खेल्नथाल्छन भोलिको दिनमा मेरो छोराछोरी पनि यस्तै गर्छन होला ।

यस्तै कयौपटक म अफिसको कामले बाहिर निस्किदा केहि किशोरहरुको जमातलाई स्कुलको समयमा बाहिर देखे सुरुमा यिनिहरु कुनै सामुहिक कामकोलागी निस्केका होलान जस्तो लाग्यो तर मैले एकछिन हेरिरहदा उनीहरु चुरोट खानको लाऊ निस्केका रहेछन् भन्ने देखे पछी मन सिरिङ भएर आयो ,हैन यो के हुदैछ कता जाँदै छ समाज हाम्रो समाज र देशको कर्णधारहरु कतातिर उन्मुख भैरहेका छन यदि यसैलाई बिकाश भनिन्छ भने यस्तो बिकाश भन्दा पहिलाकै यूग राम्रो थियो ।

यस्तै दुई चार दिन अगाडि बेलुका तिर म र मेरो श्रीमान बजार तिरबाट फर्किरहेका थियौं त्यहा केहि केटाहरुको भिड देखे जो दौडीरहेका थिए हामी त्यहा निर पुग्यौ र मेरो श्रीमानले बाईकको स्पिड कम गर्नुभयो नजिकै एकजना केटा कान मलिरहेको थियो हामीले एकछिन स्थिर भएर हेर्यौ त्यसपछि ति केटाहरुको जमात अगाडी बढयो र केहि केटाहरु कान मलिरहेको केटाको नजिकमा थिए सरसरति बुझ्दा त्याहा ति गएका केटाहरुले केहि नियूमा त्यस केटालाई पिटेका रहेछन यदि हामी नरोकिएको भए अझ पिटथे होला जस्तो लाग्यो र मलाई अर्लेर ति केटाहरुलाई बेसमरी पिटन मन लायो तर मेरो श्रीमानले मलाई रोकुनुभयो मलाई एकदम पिर लायो भोलि मेरझ छोराले पनि यस्तै त गर्दैन या यस्तै पिटाई त खानु पेदैन किनकि अहिले धेरै सोझोलाई पनि सबैले हेप्ने गर्छन ।तर मलाई त्यो भन्दा पनि दुख त्यतिखेर लाग्यो जब मैले केहि व्यक्तिहरुलाई चुप लागेर त्यो घटना हेरिरहेको देख्दा ।

हामी सबै अब सजग र सचेत हुन आवश्यक छ ठीक छ त्यसमा हाम्रो छोराहरु या छोरीहरु थिएनन् तर भोलि नहोलान भनेर भन्न गाह्रो छ ।हामीले हाम्रो बच्चाहरु कहा गैरहेका छन उनीहरुको संगत कस्तो व्यक्तिहरु संग छ बिधालय समयमा बिधालयमा छ छैन भनेर बिधालयमा गएर बुझीरहनु पर्ने देखेको छु ।त्यसतै यदि भर्खरका केटाकेटिहरु चुरोट किन्न आउँदा कृपया नदिनुस अलिकति कम बिक्रि हुन्छ त्यति न हो तर एकपटक सोचुनु त के तपाई १२ वर्षको छोराले चुरोट खाँदा तपाई दिनुहुन्छ भने त मेरो भन्नु केहि छैन तर त्यस चुरोटको ठुटो संगै कति व्यक्ति र घरका सपना जलिरहेको मैले देखेको छु ।

मेरो पनि दुई सन्तन छन अलि सानै छन तर ठूलो त हुन्छन यस उमेर त पक्कै आउछन त्यतिखेर के गर्नेहोला भनेर कति राति त निन्द्रा पनि लाग्दैन र अब जागिर छोडेर बच्चाहरुलाई मात्र निगरानी र देखभाल गरेर बस्छू जस्तो लाग्छ भने अर्को तिर म कहा कहा जाउला सधै सगै त बसिरहन सकुदिन त्यसैले सबै मिलेर यसतो समाज बनाऔ जहा सबै अभिभावक निर्धक्क भएर आफ्ना छोराछोरीलाई बढउन जीवनका अनेकौ सपनाहरु पुरा गर्न बिना संकोच पठाउन सकोस ।

धन्यवाद यो मैले जे देखे र लागेको कुरा लेखेको हु कहिकसैलाई ठेस पुगेमा माफि चाहन्छू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 5481