Monday, March 2
Shadow

रौतहट प्रहरीद्धारा २०४ किलो गाँजा नियन्त्रणमा

सचतक नेपाल डेस्क,
१३ भदौं, रौतहट । रौतहट प्रहरीले आज (सोमबार) विशेष सूचनाको आधारमा २०४ किलो लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ ।

अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरबाट संयुक्त रुपमा खटिएका गस्ती टोलीले गौर नगरपालिका–२ बकैया खोलाको किनारमा भारत तर्फ लैजादै गरेको १७ वटा प्लाष्टिकको पोकोमा २०४ किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ । प्रहरीलाई देख्नासाथ उक्त गाँजा छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन् ।

प्रहरी टोलीले उक्त लागु औषध गाँजा बेवारिसे अवस्थामा बरामद गरी जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान कार्य भइरहको प्रवक्ता मल्लले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 5481