Sunday, July 26
Shadow

विमानस्थल टावरनजिकै आगलागी

सच तक नेपाल डेस्क,
१२ असार, चितवन । चितवनको भरतपुर विमानस्थल टावरनजिकै आज बिहान आगलागी भएको छ । आगलागीको १० मिनेटमै नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले बताए।

उनकाअनुसार बिहान पौने ४ बजे टावरनजिक बिजुलीको तार सर्ट भएर आगो लागेको थियो।

बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ।

आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको अधिकारीले बताए।

-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *