
सच तक नेपाल डेस्क,
सर्लाही । लाेकतान्त्रिक समाजवादी पार्टी(लाेसपा)ले ३५ सदस्यीय वार्ड कमिटी गठन गरेकाे छ ।
लिलम देवी मिश्रकाे अध्यक्षतामा वार्ड कमिटी गठन भएकाे हाे । सबैकाे सर्मथनमा उक्त वार्ड समिति गठन भएकाे हाे ।

सर्लाही राम नगर गाउँपालि -३ मा गठन भएकाे वार्ड समितिमा लिलम देवी मिश्र चयन भएका हुन् भने उपाध्यक्षमा सुनिता देवी दास र रामसुनर सहनी चयन भएका हुन् ।

त्यस्तै सचिवमा रामबालक दास चयन भएका हुन् भने स-सचिवमा अजय कुमार सिंह चयन भएका हुन् ।

राज कुमार राय काेषाध्यक्षमा चयन भएका हुन् भने राम एकवाल राय, उमा देवी यादव,रम्भा देवी लगायत अन्य प्रतिनिधिहरु सदस्यमा चयन भएका हुन् ।
