Monday, July 27
Shadow

भन्सार छलेर भित्रयाईएका एक लाख चौरासी हजारको अवैध सामान नियन्त्रणमा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २२ कात्तिक । प्रहरीले भारतबाट भन्सार छलि गरेर ल्याईएको ठुलो परिमाणको माल सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगञज उपमहानगरपालिका १० स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, सुर्ती, सुपारी लगायतका विभिन्न सामानहरु गरेर एक लाख चौरासी हजार रुपैया बराबरको सामान नियन्त्रणमा लिईएको छ ।
दैनिकजसो प्रहरीले भन्सार छलेर भित्रयाएको मालसामान नियन्त्रणमा लिंदै आएको छ । नेपाल भारत नाका र सो वरिपरिका क्षेत्रमा समेत प्रहरीलाई तैनाथ गरिएपछि अवैध सामान भित्रयाउने तस्करहरुमा खैलाबैला मच्चिएको प्रहरीको दावी छ ।
बरामद गरिएका सामानलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्जमा पठाईएको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *