Saturday, September 12
Shadow

सल्यानमा यात्रुबाहक बस खोलामा खस्यो, ८ जनाको मृत्यु

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको हो।
दुर्घटनामा ५ जनाको घटनास्थलमै र ३ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन। बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ।
बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो। अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्दार गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *