Thursday, September 17
Shadow

ताजा-अपडेट

घुस सहित वडा सचिव साह पक्राउ

घुस सहित वडा सचिव साह पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेक्स माघ २० बारामा घुस सहित वडा सचिव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घुस रकम सहित पक्राउ गरेको छ । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग पटक पटक घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । साहलाई सेवाग्राहीबाट ३५ सय रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।...
आज साेनाम ल्हाेछार, देशभर सार्वजनिक बिदा

आज साेनाम ल्हाेछार, देशभर सार्वजनिक बिदा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, राैतहट । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । साेनाम ल्हाेछारकाे उपलक्ष्यमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएकाे हाे । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाताहरु बताउछन् । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्ष बुधबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार...
इतिहासमै नेपालमा उच्च पेट्रोलियम पदार्थको मूल्य

इतिहासमै नेपालमा उच्च पेट्रोलियम पदार्थको मूल्य

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, राैतहट । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा इन्धनको मूल्य इतिहासकै उच्च भएको छ । निगमले मंगलबार राति १२ बजेदेखि डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु तीन रुपैयाँले वृद्धि गरेको छ । यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ । मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रलिलिटर रु १२५ तथा पेट्रोल प्रतिलिटर रु १४२ पुगेको छ । पेट्रोलको मूल्य अहिलेसम्मकै बढी हो । यसअघि २०७० सालमा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु १४० पुगेको थियो । एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पुर्‍याएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकि...
स्थानीय तहकाे निर्वाचन जेठ ४ गते गर्ने देउवाकाे निर्णय

स्थानीय तहकाे निर्वाचन जेठ ४ गते गर्ने देउवाकाे निर्णय

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, राैतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ ज्येष्ठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेका छन् । सरकारले ज्येष्ठ ४ मा स्थानीय तहको चुनावको मिति तोक्ने निर्णयका साथ प्रधानमन्त्री देउवा तयारी अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । आज नेपाली काँग्रेस बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा अगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन मिति तोक्ने निर्णय प्रधानमन्त्री देउवाले गरेका हुन् । ५ जेठ २०७९ मा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले उक्त मिति भित्र चुनाव गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।...
कच्चा दुधकाे मुल्यमा बढाेत्तरी

कच्चा दुधकाे मुल्यमा बढाेत्तरी

अन्य, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, राैतहट । सरकारले कच्चा दूधमा मूल्य वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइ छ । मन्त्रालयको सिफारिसमा दूधको आधार सर्मथन मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँबाट बढाएर ५६.०४ रुपैयाँ कायम गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए । ‘किसानले फ्याटको आधारमा पाउने मूल्य बढाइएको छ, अहिलेलाई उपभोक्ता मूल्य बढेको छैन्,’ प्रवक्ता सञ्जेलले भने । यस अघि सरकारले २०७६ भदौमा दूधको मूल्य बढाएको थियो ।...
स्थानीय तहकाे चुनाव अगामी जेठमा हुने संकेत

स्थानीय तहकाे चुनाव अगामी जेठमा हुने संकेत

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, राैतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोक्ने सम्भावना जनाएका छन् । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका हुन् । सोमबार देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यू समयमै चुनाव गराउने पक्षमा हुनुहुन्छ । उहाँले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गर्नुभयो ।’ देउवाले त्यसका लागि तयारीमा जुट्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने, ‘ प्रधानमन्त्रीज्यूले हामीलाई चुनावको तयारीमा जुट्न पनि निर्देशन दिनुभएको छ...
२ दिन भित्र वडा सचिव यादवको बढुवा सम्बन्धि कागजातकाे माँग

२ दिन भित्र वडा सचिव यादवको बढुवा सम्बन्धि कागजातकाे माँग

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, बारा । बाराको देवताल गाउँपालिकामा कार्यरत नायब सुब्बा राजिव कुमार यादवलाई पांचौ तहमा भएको बढुवा सम्बन्धमा गाउँपालिकाले दुई दिन भित्र सत्य तथ्य पेश गर्नुपर्ने जनाएको छ । गाउँपालिकाको नायब सुब्बा राजिव कुमार यादवले माघ १६ गते तलब बिवरण प्रमाणित गर्न मांग गरेपछि उनको नियुक्ति सम्बन्धी छानबिन शुरु गरीएको छ। तत्कालीन जिल्ला बिकास समितिको कार्यलय बाट दुई दुई पटक थप दुई ग्रेड बापतको सेवा सुबिधा लिइएको साथै सहायक तेस्रो तहबाट संवत् चौथो तहमा बढुवा भएको देखिन्छ । नायब सुब्बा यादव पुन : मिति २०६९ बैशाख ७ गते बढुवामा सिफारिस भएकोमा झण्डै १ बर्ष ४ महिना पछि मिति २०७० साउन २९ गते बढुवा नियुक्ति लिईएको प्रती शंका देखिएपछि नायब सुब्बा यादवको नियुक्ति प्रक्रिया माथी छानबिन शुरु गरिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहले जानकारी दिनु भयो । तत्कालीन जिल्ला बिकास समि...
जसपा राैतहटकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न

जसपा राैतहटकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, राैतहट । जनता समाजवादी पार्टी नेपाल राैतहटकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकाे छ । राैतहट जिल्ला अध्यक्षका रुपमा धर्मेन्द्र पटेलले सपथ ग्रहरण गरेका छन् । पार्टीका अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा १७७ सदस्यीय राैतहट जिल्ला कार्यसमिति समायाेजन भएकाे हाे । जिल्ला कार्यसमितिको समायोजन पश्चात् सपथ ग्रहण कार्यक्रम सु- सम्पन्न भएको छ । संघीयता , समावेशिता, समृद्धि र सुशासनका मुल नाराका साथ गठित जसपा नेपाल वैकल्पिक समाजवादी शक्तिका रुपमा विकसित हुदै गएकाे हाे । रौतहट उधोग बाणिज्य संघ गौरको सभाहलमा आयोजन गरिएका कार्यक्रममा प्रदेश सरकारका कृषि ,भुमि व्यवस्ता तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव, महिला अभिनेत्री शाेभा यादव, पार्टीकाे प्रेस संगठनका अध्यक्ष किशाेरी यादव , रेवन्त झा, सदस्य बिरबहादुर राय यादव लगायत अन्य जनप्रतिनिधिहरुकाे उपस्थिता रहेकाे थि...
कानपुरमा गाडी दुर्घटना हुदाँ ६ जनाकाे मूत्यु

कानपुरमा गाडी दुर्घटना हुदाँ ६ जनाकाे मूत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल डेस्क, राैतहट । भारतको कानपुरमा तीव्र गतिको विद्युतीय गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कानपुरको टाटा मिल चोकजिकै अनियन्त्रित विद्युतीय बसले तीन वटा कार र केही मोटरसाइकलसहित १७ वटा सवारी साधनलाई ठक्कर दिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा १२ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । तीव्र गतिमा रहेको बसले आफ्नो मार्गमा आएका कार तथा मोटरसाइकल, पैदल यात्रीलाई ठक्कर दिएको हो । मानिसलाई किचेर भाग्न खोज्दा टाट मिल चोकमा विद्युतीय बस डम्परसँग ठोक्किएको हो । बसका चालक मौका पाएर फरार भएका छन् । बसको ठक्करबाट तीन वटा कार र धेरै मोटरसाइकल जलेर नष्ट भएका छन् । कानपुरमा यही जनवरीदेखि विद्युतीय गाडी सञ्चालनमा आएका हुन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।...
बारा: खाल्डाेमा डुबेर एक बालककाे मृत्यु

बारा: खाल्डाेमा डुबेर एक बालककाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, बारा । निजगढ नगरपालिका– ७ लिचीटोलमा जगलाल साहको घर छोउमा रहेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । कलैया उपमहानगर घर भई हाल लिचीटोलमै बस्दै आएका रामाकान्त यादबका छोरा ५ वर्षीय विवेक यादबको शव पोखरीमा भेटिएको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिए । आईतबार दिउसो करीब ३ बजेदेखि बालक हराएको भन्दै वरिपरि छिमेकी, साथीभाइसँग बुझ्दासमेत कतै फेला नपरेपछि मृतक बालकका साथिले खाल्डोमा रहेको जानकारी दिएसंगै खोजतलास गर्दा राति करिब ८ बजे खाल्डोमा बच्चा डुबेको अबस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घरको भान्छाबाट निस्किने फोहोर जथाभावी खाल्डा खनेर पोखरी बनाएर बारसमेत नहाली राख्दा हरेक वर्ष निजगढमा यसैगरी बच्चा डुब्ने गरेका छन् । शवपरीक्षणका लागि कलैया स्थीत कलैया अस्पताल पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निर...