Tuesday, September 15
Shadow

ताजा-अपडेट

विवाहको प्रलोभनमा जबर्जस्ती गर्ने अभियोगमा ३ जना पक्राउ

विवाहको प्रलोभनमा जबर्जस्ती गर्ने अभियोगमा ३ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १६ जेठ, रौतहट । २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । यो घटना विरगञ्जको हो । प्रहरीले मोरङको कटहरी गाँउपालिका–४ का २५ वर्षीय सुरजकुमार साह, जुम्लाको हेमा गाउँपालिका–३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका –१० का ४२ वर्षीया लक्ष्मी बुढाथोकी कार्कीलाई पक्राउ गरेको हो । उनीहरु तीनै जनाविरुद्ध जर्बजस्ती करणी र मानव बेचविखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार ०७९ जेठ ५ गते सुरजले काठमाडौंमा बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज बोलाएका थिए । सुरजले बसपार्कस्थित एक होटलमा लगेर पटक पटक करणी गरेपछि जेठ ९ गते २ सय रुपैयाँ दिएर काठमाडौं फर्किन भनेका पीडितले प्रहरी समक्ष बताएकी छन् । तर युवती न...
नवनिर्वाचित मेयर बालेनले लिए शपथ

नवनिर्वाचित मेयर बालेनले लिए शपथ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १६ जेठ, रौतहट । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज (सोमवार) राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको हो । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको ब्यहोरा वाचन गर्नुभएको थियो । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी हुनुभएको थियो । मेयर साहले शपथ ग्रहण गरेपछि उहाँले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउनुभएको छ । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गर्नुभएको छ । त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको थियो।...
उदयपुरमा ट्रक दुर्घटना हुदाँ ४ जनाकाे मृत्यु

उदयपुरमा ट्रक दुर्घटना हुदाँ ४ जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १६ जेठ, उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सोमबार बिहान २ः३० बजे दुर्घटना हुँदा ट्रकमा सवार चालक सहित चार जनाको ज्यान गएको हो । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक बिहान २ः३० बजे भदौरे चनौट खोला नजिक दुर्घटना जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए । दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान तामाङ, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कच्ची सडकमा चालक न...
सबै यात्रुकाे मृत्यु, टुक्रा टुक्रा अवस्थामा भेटियाे विमान

सबै यात्रुकाे मृत्यु, टुक्रा टुक्रा अवस्थामा भेटियाे विमान

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १६ जेठ, राैतहट । दुर्घटनामा परेको तारा एयरको ९एन एईटी टवीनअटर विमान क्षतविक्षत अवस्थामा भेटिएको छ। दुर्घटना स्थलमा पुगेका म्याग्दी दानाका ईन्द सिंहका अनुसार विमान क्षतविक्षत अवस्थामा रहेको हो। अवरुद्ध बाटो खोल्न होस वा अन्य कुनैपनि काम गर्नुपरेमा अगाडि सर्ने गरेका सिंह हवाई जहाज दुर्घटना भएको थाहा पाएपछि हिजै दानाबाट हिंडेर दुर्घटना स्थल नजिकको क्षेत्र कोवाङ पुगेर बास बसेका थिएराती अबेर भएपछि त्यतै बास बसेका उनी विहानै स्थानिय भेंडी गोठालाले जहाज दुर्घटना अवस्थामा भेटिएको खबर गरेलगत्तै त्यसतर्फ गएका थिए। उनका अनुसार जहाजमा आगो लागेको छैन। तर जहाज भिरमा ठोक्किएर क्षतविक्षत अवस्थामा छ। जहाजमा यात्रुहरु मृत अवस्थामा भेटिएका छन। सिंहका अनुसार शवहरु सकुशल छन तर कोहिपनि जिवित भेटिने सम्भावना छैन। आगो नलागेकाले होला शवहरु सकुशल छन, सबैको अनुहार चिनिने अवस्थामा छन’–उनले भ...
सम्पर्कविहिन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

सम्पर्कविहिन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, पोखरा । आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभएको हो । मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभयो । विमानमा अहिले पनि आगो लागिरहेको छ । बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । साभार : नेपाल टिभि अनलाइन...
नदीमा डुबेर दुई बालकको मृत्यु

नदीमा डुबेर दुई बालकको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, धनगढी । कैलालीको धनगढीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि पौडी खेल्नेक्रममा डुबेर उनीहरूको मृत्यु भएको हो । धनगढी उपहानगरपालिका–३ का साढे नौ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।...
गणतन्त्र दिवसमा ८१८ जना कैदीको कैद छुट , १६ जनाको कैद माफ

गणतन्त्र दिवसमा ८१८ जना कैदीको कैद छुट , १६ जनाको कैद माफ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, १५ जेठ, रौतहट । १५ औँ गणतन्त्र दिवसको अवसरमा ८१८ जना कैदीको कैद छुट भएको छ । त्यस्तै १६ जनाको कैद सजाय माफ भएको छ । २०७९ सालको गणतन्त्र दिवसको अवसरमा सम्माननीय राष्ट्रिपति विद्या देवी भण्डारी ज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम निजहरुको बाँकी कैद छुट गरिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ८१८ जना कैदिको कैद छुट र १६ जनाको कैद सजाय माफ भएको जनाएको छ । गृह मन्त्रालयले १५ औँ गणतन्त्र दिवसको अवसरमा सबै नेपाली दाजुभाई दिदीबहिनीमा शुभकामना समेत व्यक्त गरेको छ ।...
अमेरिका र चीनबीच विद्युतीय मुद्राको लडाइँ चर्किने सम्भावना

अमेरिका र चीनबीच विद्युतीय मुद्राको लडाइँ चर्किने सम्भावना

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल डेस्क, १५ जेठ, एजेन्सी । अमेरिका र चीनबीच विद्युतीय मुद्राको लडाइँ चर्किने सम्भावना बढेको छ । अमेरिकाका रिपब्लिकन सांसदहरूले याप स्टोर र गूगल मार्केटमा डिजिटल युआन स्वीकार गर्न प्रतिबन्ध लगाउने एक विधेयक संसदमा पेश गरेका छन् । सांसदहरू टम कटन, मार्को रुबियो र माइक ब्राउनले यो विधेयकको प्रयोजन गरेका हुन् । यस विधेयकले चीनको टेन्सेन्ट र ज्याक माको यान्ट ग्रुपलाई सबभन्दा ठूलो असर पार्नेछ । विधेयकको मस्यौदा हेर्दा यसले टेन्सेन्टको वीच्याट मेसेजिङ याप र यान्ट ग्रुपको अलीपे पेमेन्ट सर्भिसलाई याप स्टोरबाट हटाउन खोजेको देखिन्छ । यसको प्रतिक्रियास्वरूप चीनले याप्पल कम्पनीलाई तारो बनाउनेछ । त्यसबाहेक अमेरिकाका अन्य आईटी कम्पनीहरूमाथि पनि नियन्त्रण लगाइनेछ ।...
छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमानद्धारा श्रीमतिको हत्या

छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमानद्धारा श्रीमतिको हत्या

banner-news-1, ताजा-अपडेट
सच तक नेपाल डेस्क, १५ जेठ, एजेन्सी । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् । श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ । बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई एक लाखमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको प्रयासको विरोध गर्दा दिदी बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन् । यसअघि पनि भिनाजु जुल्फिकारले आफ्नी दुई छोरीलाई बेचेको उनले प्रहरीलाई जानकारी दिएका छन्। बबली जसकानीका भाइ मुनव्वरले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको हो । हत्याको छानबि...
खराब मौसम कारण जहाज खोज्न उडेको हेलिकप्टर फिर्ता

खराब मौसम कारण जहाज खोज्न उडेको हेलिकप्टर फिर्ता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, रौतहट । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको छ । पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीन अटर ९एनएईटी विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ । विमानको खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । मौसममा सुधार हुनासाथ हवाइ मार्गबा...