Thursday, September 10
Shadow

जीतपुरसिमरा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी चेतकुमार पोखरेललाई

०३ श्रावन । बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सरुवा भएको छ ।बैशाख २८ गते उपमहानगरमा हाजिर भएकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवा भए संगै उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा चेतकुमार पोखरेल आउँ लागेको छ । प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा सरुवा गरेको छ ।

 

उनको स्थानमा मन्त्रालयले शिक्षा समन्वय ईकाई धनुषामा हाल कार्यरत रहेका उअप्सचिव चेतकुमार पोखरेललाई प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मका लागि आर्थिक तथा प्रशासनिक जिम्मेवारी सहित मन्त्रालयले काम काग गर्नको लागि पठाएको छ ।उपमहानगरमा आउँ लागेको प्रमुख प्रशासकीय अधिकृत पोखरेल अढाई वर्ष उपमहानगरपालिकामा काम गरेर अनुभव बटुलेका प्रमुख प्रशासकीय अधिकृत हुन् ।लामो समय जीतपुरसिमरामा बसेर काम गरेका पोखरेलको सरुवा भएपछि प्रमुख प्रशासकीय अधिृकत टिक्न सकेका छैनन् । उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्न नसक्दा नगरको कामकाज प्रभावित हुँदै आएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकामा १ बर्षमा ४ वटा प्रमुख प्रशासकीय अधिकृत फेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *