Tuesday, July 28
Shadow

ज्योति बिकाश बैंक  द्वारा जीतपुर बर्थिङ सेन्टरलाई बेबि वार्मर हस्तान्तरण 

१७ असाढ। ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि ‘हाम्रो विकास प्रबर्द्वन कोष’ बाट बाराको जीतपुर स्वास्थ्य चौकी एवं बर्थिङ सेन्टरलाई  एक थान बेबी वार्मर प्रदान गरेको छ। जीतपुर स्वास्थ्य चौकिमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।

 

जीतपुर स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका मार्केटिङ ब्रान्डिङ एन्ड कर्पोरेटका हेड कुशल जङ् अधिकारी,ज्योति बिकाश बैंक सिमरा शाखा प्रमुख भरत आचार्य , ज्योति बिकाश बैंक सिमराका कर्जा शाखा प्रमुख निरजकान्त झा र  राष्ट्रिय आविष्कार केन्द्रका ईलेकट्रीक इन्जिनियर महिन केशीद्वारा संयुक्त रुपमा जीतपुर स्वास्थ्य चौकीका कार्यालय प्रमुख डा.सुजल अधिकारी र जीतपुर स्वास्थ्य चौकिका अध्यक्ष एवं वडाध्यक्ष सुनिल कुमार गुप्तालाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

 

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट प्रसुति सेवा लिन आउने प्रतक्षरुपमा लाभान्वित हुनेछन्।नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषबमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको र सोही अनुसार जीतपुर स्वास्थ्य चौकिलाई बेबि वार्मर हस्तान्तरण गरिएको ज्योति बिकाश बैंकका कुशल जङ् अधिकारीले बताए । अहिले सम्म ज्योती बिकाश बैंकले समाजीक उतरदायित्व अनुसार देशको विभिन्न स्थानमा ४५ थान बेबि वार्मर हस्तान्तरण गरिएको समेत अधिकारीले बताए ।

 

बेबि वार्मर हस्तान्तरण कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट जीतपुर स्वास्थ्य चौकिमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुने छ।जीतपुर स्वास्थ्य चौकिलाई ज्योती बिकाश बैंक र राष्ट्रिय अबिष्कार केन्द्रले बेबि वार्मर हस्तान्तरण गरेको उनले दुबै संस्थालाई धन्यवाद ज्ञापन गर्नु भयो ।

 

बेबि वार्मर हस्तान्तरण कार्यक्रममै बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका-७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताले जीतपुरसिमरा उपमहानगरमा ज्योती बिकाश बैंकले जीतपुर स्वास्थ्य चौकिलाई नै छनौट गरेर बेबि वार्मर हस्तान्तरण गरेकोमा हामी धेरै खुशी रहेको बताए।जीतपुर स्वास्थ्य चौकिमा उपमहानगरमै सबै भन्दा बढी शिशुको जन्म हुने बर्थिङ सेन्टर रहेको तर उपमहानगरले गर्न नसकेको काम ज्योती बिकाश बैंकले गरेकोमा आफू धेरै खुशी रहेको वडाध्यक्ष गुप्ताले बताए।उक्त बेबि वार्मर हस्तान्तरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका-७ कि वडा सदस्य सीता उप्रेती , वडा सदस्य ललिता देवि पासवान वडा सदस्य नवीन मैनाली, समाजसेवी अनिल गुप्ता लगाएत जीतपुर स्वास्थ्य चौकिका कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन जाहिद हुसेन देवानले गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *