
१४ असाढ। बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा कथित रुपमा सम्पन्न भएको भन्दै विभिन्न कागजातको मांग गर्दै उपमहानगरका प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाईएको छ।१० औं नगरसभामा असन्तुष्ट रहेका ३ पार्टीका संसदीय दलका नेताहरुले प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेलाई शुक्रबार ज्ञापन पत्र बुझाउदै विभिन्न कागजातको मांग गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा अगावै बसेको भनिएको ३ वटा कार्यपालिका बैठकको प्रमाणित प्रतिलिपी ,दसौं नगरसभामा भनिएको सभाको उपस्थिति साथै सो २०८१ असाढ १० गते भन्दा अगाडि ६ गते र ८ गते गरिएको भनिएको नगरसभाहरुको प्रमाणित प्रतिलिपीहरु ३ दलका संसदीय दलका नेताहरुले ज्ञापन पत्र बुझाउदै कागजातहरु मांग गरेको छ ।नगरसभा अध्यक्षले बहूमत नगरसभा सदस्यहरुले स्वीकृत गरेको भनिएको निर्णयको प्रमाणितको प्रतिलिपीहरु मांग गरिएको ३ संसदीय दलले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेले कागजात प्रमाणिकरण गरे पछि उपलब्ध गराउने वा उपमहानगरको वेबसाईट अपलोड गर्ने बताईन।ज्ञापन पत्रमा नेकपा एमालेको जीतपुरसिमरा उपमहानगरपालिकाको संसदीय दलका उपनेता चयन गुरुङ ,नेपाली काङ्ग्रेसका जीतपुरसिमरा संसदीय दलका नेता हिराबहादुर गुरुङ र लोकतान्त्रिक समाजवादी पार्टीका जीतपुरसिमरा उपमहानगरपालिकाका संसदीय दलका नेता मोतिलाल राउतले हस्ताक्षर गरेको छ ।

