Thursday, April 16
Shadow

जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा अन्यौलमा

१० असाढ। बारा: बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा अन्यौलमा रहेको छ ।उपमहानगर प्रमुख राजन पौडेलले १० औं नगरसभा बहूमतले पारित भएको घोषणा समेत गरेको छ ।१० औं नगरसभामा ३१ जना गणपुरक नगरसभा सदस्यहरुको आवश्यकता रहेकोमा जम्मा २७ जनाके हस्ताक्षर गरेकोले जीतपुरसिमराको नगरसभा सम्पन्न नभएको बिपक्षी दलहरुले बताएको छ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभामा असन्तुष्ट वडाध्यक्ष,वडा सदस्य र कार्यपालिका सदस्यहरुले नगरसभाको बहिष्कार गर्दै तोडफोड समेत गरेको छ।नगरप्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला असन्तुष्ट पक्षहरुले तोडफोड गरेर नगरसभाम बहूमत नपुगेको भन्दै मेयरको बिरोधमा चर्को नाराबाजी समेत गरेको थियो ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीले नगरप्रमुखले चोर बाटो बाट नगरसभा गरिरहेकोले हामिले बिरोध गर्दै नगरसभा बहिष्कार गरेको बताए।कार्यपालिका बैठकमा बिना कुनै छलफलको नै नगरप्रमुखले तेश्रो पटक नगरसभा को बैठक अह्वान गर्नु गलत रहेको नगर उपप्रमुख अधिकारिले बताए।नगर प्रमुख भनेको नगरको पिता हो तर अहिलेको नगरप्रमुख ज्युले एकलौटी रुपमा आफ्नो शासन जीतपुरसिमरा उपमहानगरपालिकामा चलाउन लागेको उपप्रमुख अधिकारीले आरोप लगाए।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा सम्पन्न गर्ने ३१ जना नगरसभा सदस्य चाहिन्छ तर तेश्रो बैठकमा २७ जना नगरसभा सदस्यले मात्र हस्ताक्षर गरेकोले यो नगरसभा सम्पन्न नभएको वडाध्यक्षहरुले बताएको छ।असार १० गते सम्म अनिवार्य नगरसभा गर्नु पर्ने नियम छ तर जीतपुरसिमरा उपमहानगरमा मेयर र बिपक्षी दलहरु बिछ कुरा नमिले पछि नगरसभा अन्यौलमै बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *