Thursday, April 16
Shadow

पशु ढुवानी मापदण्ड २०६४ कार्यनयनको अवस्था समस्या र समाधान सम्बन्धि पत्रकारहरु संग छलफल

अखिलेश कुमार यादव। बारा : पशु ढुवानी मापदण्ड २०६४ कार्यनयनको अवस्था समस्या र समाधान सम्बन्धि पत्रकारहरु संग छलफल गरिएको छ।एनिमल नेपाल नामक संस्थाको आयोजनामा बिरगंज स्थित ओम होटेलमा पत्रकारहरु संग बिहिवार पशु ढुवानी मापदण्ड २०६४ कार्यनयनको अवस्था समस्या र समाधान सम्बन्धि  छलफल गरिएको हो ।

 

एनिमल नेपाल नामक संस्थाले पशुहरुको संरक्षणको लागि सन २००९ देखि नै काम गरिरहेको र अहिले सर्बोच्च अदालतले समेत पशु ढवानी मापदण्ड २०६४ लागू गर्ने अनुमति दिए पनि अहिले सम्म कार्यनयनमा आउन नसकेकोले पशु ढुवानी मापदण्ड २०६४ कार्यनयन ल्याउनको लागि पत्रकारहरुले समचार सम्प्रेषण गरेर ध्यानाकर्षण गराउनको लागि एनिमल नेपाल संस्थाले आग्रह गरेको छ ।

 

पशु ढुवानीका लागि ११ बुँदे मापदण्ड तयार भएको १७ वर्ष हुँदैछ । यो मापदण्ड व्यवहारमा अपनाइको भए ट्रकमा कोच्चिएका राँगाभैंसीको सकस देखिने थिएन । सरकारले २०६४ मा जारी गरेको ११ बुँदे मापदण्ड कागजमै सीमित हुँदा क्रुर तरिकाले पशु ढुवानी भइरहेको एनिमल नेपाल संस्थाको भनाइ छ ।२०५५ को पशु सेवा ऐन र २०५६ मा जारी भएको नियमावली अनुसार २०६४ मा ११ बुँदे पशु ढुवानी मापदण्ड जारी गरेको  एनिमल नेपाल संस्थाका बारा जिल्ला फिल्ड मयनेजर सत्रुधन पटेलले पत्रकारहरु संगको छ्लफलमा बताए।

 

मापदण्ड अनुसार पशु ढुवानी गर्ने हरेक गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्छ । त्यसैगरी शारीरिक बनावट फरक भएका पशु एउटै गाडीमा ढुवानी गर्न पाइदैन । राँगाभैसीसँग पाडापाडी मिसाउन हुँदैन । सबै राँगाभैंसी, खसीबोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालक तर्फ फर्केको हुनुपर्छ । नाक र पुच्छर पनि बाँध्न पाइदैन । राँगा, भैसी, बोका खसी राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस या सोत्तर राख्नु पर्छ । पशुको शरीर ठोक्किने गाडीको साइडमा फोम टाँसेको हुनु पर्छ ।

पशुलाई गाडीभित्र शून्य दशमलब ८४ देखि एक दशमलब २७ वर्गमिटर स्थान उपलब्ध हुनु पर्छ । यसो गर्दा एउटा ट्रकमा २० वटा जति पशु अटाउँछन् । पशुलाई गाडीमा दिनमा आठ घण्टाभन्दा बढी हिँडाउन पाइदैन । गाडीमा घाँस पराल र दाना राखेको हुनु पर्छ । आठ घण्टा गाडीमा हिँडाएपछि ओरालेर दाना पानी खुवाउनु पर्छ ।मापदण्ड अनुसार पशु ढुवानी गर्दा गाडीको रफ्तार प्रति घण्टा ४० किलोमिटर हाराहारीमा मात्रै रहनु पर्छ । झ्याप्प झ्याप्प ब्रेक लगाउन र उफार्न पनि पाइदैन । ‘तर यी मापदण्ड पालना भएको पाइदैन,’ फिल्ड म्यमेजर पटेलले बताए ।

 

उनले बारा र पर्सामा संस्थाले राँगाभैसी ढुवानीमा हुने क्रुरता रोक्न काम गर्दै आएको बताए । राँगाभैसी कसरी ढुवानी भएको छ भनेर अनुगमनमा जाँदा सरकारी निकायले समेत राम्रो नमान्ने गरेको उनले बताए ।एनिमल नेपाल नामक संस्थाले बारा पर्साका पत्रकारहरुलाई पशुको संरक्षणको लागि पशु मापदण्ड २०६४ लागू गर्दिनको लागि सबैले अ-आफ्नो तर्फ बाट समचार सम्प्रेषण गर्दिन छ्लफलमा सहभागी पत्रकारहरु संग आग्रह गरेको छ।मुलुकी ऐन अपराध संहिताको दफा २९० मा पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने र त्यसो गरे तीन महिनासम्म कैद या पाँच हजार रुपैयाँ जरिवाना वा कैद र जरिवना दुवै हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *