
सिरहा । सिरहाको मिर्चैयामा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक कपडा पसलसहितको घरमा छापा मारेको छ ।विशेष सुचनाको आधारमा आएको राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले पसलसहितको घरमा छापा मार्ने क्रममा घरको चारैतिरबाट सशस्त्र प्रहरीले घेरेर बसेपछि स्थानीय व्यवसायी आतङ्कित बनेको छन ।
बुधवार करिव ३ बजेको समयमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख कार्यालय प्रमुख सुरेश अाचार्ययको नेतृत्वमा आएको हतियार सहितको सशस्त्र प्रहरीले २० घण्टाभन्दा लामो समयदेखि मिर्चैया नगरपालिका ५ संस्था चौकमा रहेको कल्याण ट्रडेर्सको पसलसहतिको घरमा चारैतिरवाट घेरा हाले पछि स्थानीय व्यावसायी आतङ्कीत बनेका हुन ।
टोलिले पसल, गोदाम र घर खानलासी गरिसकेर पनि हतियारसहितका प्रहरीले घर घेरेर बस्दा आफूहरु रातभरी सुत्न नसकेको व्यासायी बताउँछन्। उनीहरुले अनुसन्धान टोलिले पसल, गोदाम, घरका प्रत्येक दराज देखी बच्चाहरुको झोलासमेत खोलेर हेरेका थिए । रातभर हतियारधारी प्रहरीको घेराबन्दिमा बस्नुपर्दा निकै नै तनाब भएको उनीहरूकाे कुराे छ । स्थानीय व्यसायी तथा समाजसेवी अशोक साहले व्यवसायमा तलमाथि भएको भए आवश्यक कारबाही गर्दा हुन्छ तर पसलमा बम, बारुद्ध राखेको जस्तो प्रहरीले घेरा हालेर बस्दा व्यासायीहरुमा थप मानसिक तनाव भएको बताए । उ
