Thursday, April 16
Shadow

आमसञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ

जनकपुर – गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत आम सञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ भएको छ ।

आम सञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामकाे वार्षिक कार्यक्रममा स्वीकृत भएको अनुसार पहिलो चरणको तालिम सुरु हुन लागेको हो ।

श्रव्य-दृश्य, छायाङ्कन एवम् सम्पादन सम्बन्धी पाँच दिवसीय तालिम बैशाख २५ देखि २९ सम्म चल्ने छ ।

प्रदेश सभा सदस्य एवम् नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष रामअशिष राय यादवले प्रमुख अतिथिका रुपमा बाेट राेप्न गर्दर तालिमकाे शुभारम्भ गर्नुभयो ।

कुल २८ जनालाई तालिमका लागि छनौट भएको आम सञ्चार प्राधिकरणले सार्वजनिक गरेको छ।

आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारिता बारे प्रकाश थप्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाकाे सभाकक्षमा उद्घाटन सत्रलाई समापन गर्नुभयो।

तालिममा छनाैट नामावली

Leave a Reply

Your email address will not be published. Required fields are marked *