Monday, June 1
Shadow

घाँटी रेटेर हत्या भएको अवस्थामा सुर्खेतमा शव फेला

सुर्खेत – सुर्खेतमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवाको शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–१० मा एक युवाको शव घाँटी रेटिएकाे अवस्थामा फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

मंगलबार अपराह्न ४:३० बजेतिर ती युवाको शव भेटिएको हो। उनको परिचय खुल्न सकेको छैन। घटनास्थललाई प्रहरीले सुरक्षित गरेको छ।

मृतक युवा अन्दाजी ३० वर्षका रहेको जनाइएको छ। यसअघि मृतक युवा राष्ट्रिय अनुसन्धान विभागका अधिकृत रहेको हल्ला फैलिएको थियो। तर, उनी विभागका अधिकृत नभएको विभाग स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *