Thursday, April 16
Shadow

मधेश प्रदेशका १०४ सांसदले शपथ लिए

जनकपुरधाम – मधेस प्रदेशका सांसदहरूले पद तथा गोपनियताको शपथ लिएका छन्।

मधेसमा १०७ जना सांसद छन्। तीमध्ये आज १०४ जनाले शपथ लिएका हुन्। शपथमा एक संसद अनुपस्थिति थिए भने दुई संसदको शपथ सर्वोच्च अदालतले रोकिदिएको थियो। माओवादीका रज्जी हैदर र माला कर्णको शपथ रोकिएको प्रदेश सभाका निमित्त सचिव रंजित यादवले जानकारी दिए ।

शुक्रबार ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका सांसद गोविन्द न्यौपानेले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाएका हुन्। उनी ७१ वर्षका भए।

मधेसमा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादी केन्द्रका ९, नेकपा (एकीकृत समाजवादी) का ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र नागरिक उन्मुक्ति पार्टीका १ तथा स्वतन्त्र ५ जना सांसद छन्।

प्रदेश सभा सचिवालयका अनुसार ३८ जना सांसदले मातृ भाषामा शपथ लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *