Friday, April 17
Shadow

मतदानकाे‌‌ सुरुवातमै राैतहटमा गाेली चल्याे ‌

राैतहट – प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन आज बिहानैदेखि देशभर जारी छ। निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराउन देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ।

मतदान सुरु हुने क्रममा राैतहट जिल्लाको गुजरा नगरपालिका-४ मा रहेको मतदान केन्द्रमा गोली चलेको छ। बाहिरकाे भिड नियन्त्रण गर्न प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो। त्यस्तै गरुडा नगरपालिका अमरपट्टि मतदान केन्द्र मा २ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनुभयो।

१६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।

प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। निर्वाचन सकिएर मतपेटिका संकलन हुनेबित्तिकै मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने आयोगको कार्यतालिका छ।

प्रहरीले सुरक्षा व्यवस्थाकाे कारण गाेली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। बाहिर गाेली चल्दा समेत भित्र भने मतदान शान्तिपुर्ण रुपमा जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *